एपीएफलाई प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि

कैलाली। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले हात पारेका छन् । पूर्वाञ्चललाइ ७ विकेटले पराजित गर्दै एपीएफ विजयी भएको हो।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको थियो। टस हारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउदै मात्र ६० रन बनाएको थियो । काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक छुन सकेनन् । एपिएफका लागि कसिलो बलिङ गरेका रेखा रावल , करुणा भन्डारी, सीता राना मगर, रितु कनोजीया र अन्जली चन्दले १–१ विकेट लिएका हुन् । एपीएफले १६ ओभर तीन वलमा तीन विकेट गुमाउदै पुरा गर्यो ।

एपीएफको जीतमा ज्योती पाण्डेले २२, सरिता मगरले अविजीत १५ रनको योगदान दिए । विजेता एपीएफले पाँच र उपविजेता पूर्वाञ्चलले दुई लाख पुरस्कार प्राप्त गरेका छन् । पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट वलरसहित प्लेयर अफ द सिरिज घोषित भइन् ।

नेपाली फुटबल बिग्रिएको टुलुटुलु हेरेर बस्दिन : गणेश थापा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले एन्फाको चुनावमा कर्माछिरिङ शेर्पामा बिजय प्राप्त गरेको खण्डमा नेपाली फुटबलमा सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण अवस्था आउने दाबी गरेका छन् । भ्रष्टाचारको आरोपमा विश्व फुटबल महासंघ (फिफा) बाट प्रतिबन्ध भोगिरहेका थापाले आफुलाई नेपाली फुटबलको बारेमा बोल्ने अधिकार कसैले रोक्न नसक्ने पनि प्रष्ट पारेका छन् ।

सोमबार राजधानीमा फरक उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलन गणेश थापाले फिफाले आफुलाई फुटबलमा प्रतिबन्ध लगाएको तर नेपाली फुटबलका बारेमा बोल्न प्रतिबन्ध नलगाएको जिकिर गरे । आफु पनि स्वर्ण पदक बिजेता खेलाडी भएको उल्लेख गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण ३५ बर्ष खर्चेको नेपाली फुटबलमा को आउँदा राम्रो हुन्छ भन्ने विषयमा बोल्ने अधिकार आफुलाई भएको पनि प्रष्ट पारे ।

उनले नेपाली फुटबल बिग्रिएको टुलुटुलु हेरे बस्न नसक्ने जिकिर समेत गरे । एन्फाको आगामी चैत १४ गते हुने चुनावका लागि अब खुल्ला रूपमा देखिने पनि थापाको भनाई थियो ।

उनले मणि कुँवर र कर्मा छिरिङ शेर्पा सच्चिएर एन्फालाई पार्टीको भातृ संगठनका रूपमा नलगी साँच्चीकै नेपाली फुटबलको बिकास गर्न लागेका हुन भने दुबैलाई सफलताको शुभकामना समेत दिए । प्रतिबन्ध फुकुवा पश्चात फेरि पनि फुटबल क्षेत्रमा आफ्नो आवश्यकता भएको खण्डमा फुटबलको विकासमा फर्कन संकेत पनि थापाले दिए ।

यसैबीच थापाले नेपाल स्पोट्र्स अर्गनाइजेशन नामक संस्थामार्फत अब खेल क्षेत्र सक्रिय हुने जानकारी पनि पत्रकार सम्मेलनमा गराए ।

ग्रिज्मनको ह्याट्रिकमा एटलेटिको विजयी

म्याड्रिड — स्पेनिस ला लिगा अन्तर्गत आइतबार फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिज्मनको ह्याट्रिकमा एटलेटिको म्याड्रिडले सेभिल्लालाई ५-२ ले पराजित गरेको छ ।

डिएगो कोस्टाको गोलमा अग्रता लिएको एटलेटिकोले पहिलो हाफमा २ तथा दोस्रोमा तीन गोल गरेको थियो ।

विजयी टोलीका लागि अर्को गोल कोकेले गरे । सेभिल्लाका पाब्लो सराबिया र नोलिटोले पनि १-१ गोल गरेका थिए ।

दिनको अर्को खेलमा सान्टि मिनाको दुई गोलको मदतले भ्यालेन्सियाले रियल सोसीडाडलाई २-१ ले हरायो । सोसीडाडका मिकेल ओयराबाजलले ५४ औं मिनेटमा बराबरी गोल फर्काएपनि घरेलु टोलीका मीनाले दुवै हाफमा १-१ गोल गर्दै जित पक्का गरेका थिए ।

अंक तालिकाको शीर्षस्थानमा बार्सिलोनाको ६५ अंक छ भने एटलेटिकोले ५८ अंक जोडेको छ । तेस्रो स्थानको रियलको ५१ तथा चौथोको भ्यालेन्सियाको ४९ अंक छ ।

इंग्लिस प्रिमियर लिग: म्यान्चेस्टर युनाइटेडसँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग: म्यान्चेस्टर युनाइटेडसँग चेल्सी पराजित

फागुन । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले चेल्सीबिरुद्ध २–१ गोल अन्तरको महत्वपूर्ण जित दर्ता गरेको छ ।

आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोटमा भएको युनाइटेडको जितमा दुवै गोलमा बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुको संग्लग्नता थियो । यद्यपि खेलमा अग्रता भने पाहुना टोली चेल्सीले लियो । उसका लागि विलियनले ३२ औं मिनेटमा गोल गरेका थिए ।

उनले इडेन हाजार्डको पास सदुपयोग गरेका थिए । तर, त्यसको ७ मिनेटपछि नै लुकाकुले ७५ हजार घरेलु दर्शकलाई खुशी तुल्याउँदै बराबरी गोल गरे ।

दोस्रो हाफमा युनाइटेडले अर्को गोल थप्यो । लुकाकुकै पासमा जेसे लिंगार्डले ७५औं मिनेटमा गोल गरेपछि युनाइटेडको जित निश्चित भयो ।

जित हाँसिल गरेपछि युनाइटेड ५९ अंकका साथ पुनः दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएपछि चेल्सी भने पाँचौं स्थानमा पुगेको छ । उसको ५३ अंक छ ।

विश्व कप क्रिकेट छनोटका लागि जिम्बाबे पुगेको नेपाली टोलीले युएई र हङकङसँग अभ्यास खेल खेल्ने

विश्व कप क्रिकेट छनोटका लागि जिम्बाबे पुगेको नेपाली टोलीले युएई र हङकङसँग अभ्यास खेल खेल्ने

नेपाली टोलीले युएई र हङकङसँग अभ्यास खेल खेल्ने

काठमाडौँ । विश्व कप क्रिकेट छनोट खेलमा सहभागी हुन जिम्बाबे पुगेको नेपाली टोलीले अभ्यास खेल खेल्ने भएको छ ।

टोलीले मंगलबार संयुक्त अरब इमिरेट्ससँग अभ्यास खेल खेल्ने छ भने १७ गते हङकङसँग खेल्ने छ ।
अर्को वर्ष हुने विश्वकप क्रिकेटका लागि छनोट खेल खेल्न नेपाली टोली आइतबार जिम्बाबे पुगेको हो । संयुक्त अरब इमिरेट्स र हङकङसँग अभ्यास खेल खेल्ने नेपाली टोलीको तयारी रहेको छ ।

छनोटको पहिलो खेल नेपालले आयोजक राष्ट्र जिम्बाबेसँग फागुन २० गते खेल्ने छ । १० टोली सहभागि प्रतियोगितामा दुई समूहका विजेता अर्को वर्ष हुने विश्वकप क्रिकेटमा सहभागि हुनेछन् । सुपर सिक्समा पर्ने टोलीले एकदिवशीय क्रिकेटको मान्यता पाउनेछ । नेपाल रहेको समूहमा आयोजक जिम्वावेसंगै अफगानस्तान, स्कटल्याण्ड र हङकङ छन् ।

अर्को समूहमा वेष्टइन्डीज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवान्यूगिनी र संयुक्त अरब इमिरेट्स यूएई रहेका छन् । आईसिसी विश्वकप छनोट प्रतियोगितामा सहभागि हुने टोलीका लागि गएराती स्थानीय रेन्बो टावरमा रात्री भोजको आयोजना गरिएको थियो । नेपाली कप्तान पारस खड्का र आइपिएल अन्तर्गत दिल्लीमा आवद्ध सन्दीप लामिछानेलाई आयोजक जिम्बावेले निकै महत्व दिएको थियो ।