विश्वकै महंगा फुटबलर नेइमारको खुट्टाको हड्डी भाँचियो, केही खेल गुमाउने

विश्वकै महंगा फुटबलर नेइमारको खुट्टाको हड्डी भाँचियो

विश्वकै महंगा फुटबलर नेइमारको खुट्टाको हड्डी भाँचियो

काठमाडौं । विश्वकै महंगा फुटबलर नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । उनी पेरिस सेन्ट जर्मेन पीएसजीबाट फुटबल खेल्दै आएका छन् । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ ।

गत अगस्ट महिनामा पीएसजीमा अनुवन्ध भएपछि नेइमारले ३० खेलमा २९ गोल गरिसकेका छन् । उनी त्यसअघि बार्सिलोनाबाट खेल्दथे । पीएसजीले २ सय मिलियन पाउण्ड तिरेर नेइमारलाई आफ्नो क्लबमा ल्याएको थियो जुन विश्वकै महंगो हो ।

फ्रेन्च लिगमा मार्सेविरुद्ध खेल्दा खुट्टामा चोट लागेर उनी घाइते भएका थिए । सो खेलमा पीएसजी ३-० ले विजयी भएको थियो ।

उपचारको क्रममा नेइमारको मेटाटार्सल भाँचिएको र कुर्कच्चाको हड्डीमा समेत चोट लागेको पाइएको छ । पीएसजी क्लबका फरवार्ड नेइमारले अब च्याम्पियनसीपको अन्तिम १६ का लागि रियल मड्रिडविरूद्ध हुने खेल गुमाउने छन् । किनकी उनलाई चिकित्सकहरुले केही दिन आराम गर्न भनेका छन् ।
साभार

केन्याका क्रिकेट कप्तान र प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूू मा खराब प्रदर्शन गर्दै डिभिजन थ्रीमा झरेपछि केन्याका कप्तान र प्रशिक्षकले राजीनामा दिएका छन । हालै नामिवियामा सम्पन्न डिभिजन टू मा एक खेलमा पनि जित हात पार्न नसकेपछि कप्तान राकिप पटेलसँगै प्रशिक्षक थोमस ओडोयो र केन्या क्रिकेट बोर्डकी अध्यक्ष ज्याकी जनमोहम्मदले पद छोडेका हुन् । ६ टिम सहभागी प्रतियोगितामा केन्याले एक खेलमा पनि जित हात पार्न सकेन । तालिकाको पुछारमा रहँदै केन्या डिभिजन थ्रीमा घटुवा भएको थियो ।

गत मंसिरमा डिभिजन वानमा रहेको केन्या दुई महिनाको अन्तरमा डिभिजन थ्रीमा झरेको हो । डिभिजन ट ूमा केन्या युएईसँग २ सय १८ रनको भारी अन्तरले पराजित भएको थियो भने क्यानडासँग ५९ रनले, नेपालसँग ३ विकेटले, नामिवियासँग ८ विकेटले र ओमानसँग २ विकेटले पराजित भएको थियो ।

केन्याले सन् १९९६ को विश्वकप खेल्दा महत्वपूर्ण सदस्य रहिसकेका प्रशिक्षक ओडोयोले एक साता लामो नामिबिया भ्रमणले आफूमाथि नैतिक दवाब सिजर्ना भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले खराब प्रदर्शनको रेकर्ड तोडेका छौं ।

केन्याको प्रदर्शनमा सुधार ल्याउनका लागि एउटा राम्रो सेट आउनु पर्नेछ ।’ ओडोयोले भने । क्रिकेट बोर्डको पहिलो महिला अध्यक्ष जनमोहम्मदले भनिन्, ‘राष्टिय टिमको यो प्रदर्शनको जिम्मा लिएको छु ।’ जनमोहम्मदले केन्या क्रिकेट बोर्डले नयाँ निर्वाचनमा गएर आगामी नेतृत्वको चयन हुने बताइन ।

त्रिभुवन आर्मीद्वारा ४–३ को गोल अन्तरले नेपाल पुलिस क्लव पराजित

मकवानपुर। तेश्रो हेटौंडा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । फाइनलमा नेपाल पुलिस क्लवलाई आर्मीले ४–३ को गोल अन्तरले हराएका हुन् ।

उपाधि जितेको आर्मिले पाँच लाख नगद, शिल्ड र प्रमाणपत्र हात पार्यो भने दोस्रो भएको नेपाल पुलिश क्लबले नगद तीन लाख, शिल्ड र प्रमाणपत्रमा चित्त बुझाइएका छन् । आठ वटा टिमको सहभागिता रहेको खेलमा त्रिभुवन आर्मीका विमल पाण्डे सर्बोत्कृष्ट खेलाडी भए । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । सर्बोत्कृट कोचको उपाधि आर्मीका नबिन न्यौपानले हात पारेको हो ।

उत्कृष्ट डिफेन्डर पुलिशका दिनेश राजवंशी, उत्कृष्ट गोलकिपर आर्मीका बिकेश कुथु, उत्कृष्ट मिटफिल्डर पुलिसका तेज तामाङ, उत्कृष्ट फरवार्ड प्रहरीका अभिषेक रिजाल घोषित हुनको साथै १५ हजार रुपैयाँ र प्रमाणपत्र पाएका छन्।

उच्च मनोबलका साथ २१ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलि जिम्बाबे प्रस्थान

हरिशजङ्ग क्षेत्री
उच्च मनोबलका साथ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलि शनिवार जिम्बाबे प्रस्थान गरेका छ्न। दुई साता अगाडी नामिबियामा सम्पन्न भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपबिजेता बन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलिले जिम्बाबेमा हुने एकदिवसीय विश्वकपको छनोट चरणमा आफ्न दरिलो स्थान बनाएको थियोे ।

विश्वकप छनोटका लागि जिम्बाबे जाने नेपाली क्रिकेट टोलिमा २१ सदस्य रहेका छ्न। जस्मा १५ जना खेलाडी, ६ जना अफिसियल रहेको रहेका छ्न। खेलाडीहरुमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, विकेट किपर दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित राजबंशी रहेका छ्न।
अफिसियलहरुमा नेपाली टोलिका प्रमुख प्रशिक्षक जगत टमाटा त्यसैगरी ब्याटिंग कन्सल्टेन्टको रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल, भिडियो एनालिस्टको रुपमा सुरज शाक्य, टिम ब्यबस्थापक तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो दिनेश भट्ट र फिटनेस ट्रेनर सुबास पत्रो रहेका छन्।

प्रतियोगितामा सहभागी हुने टोलि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट “फ्लाई दुबई” को विमान मार्फत राति १०:४५ बजे जिम्बाबे प्रस्थान गरेका छ्न।
नेपालले प्रतियोगिता अघि २ वटा अभ्यास खेल खेल्नेछ। २७ फेब्रुअरीमा पहिलो अभ्यास खेल संयुक्त अरब एमिरेट्स (युएई) बिरुद्द र दोश्रो अभ्यास खेल मार्च १ तारीखमा हंगकंग संग खेल्ने छ।विश्वकप छनौट प्रतियोगितामा नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे संग खेल्ने छ भने, दोस्रो खेलमा ८ मार्चमा स्कटल्याण्ड संग तेस्रो खेल मार्च १० तारीखमा अफगानिस्तान र १२ तारिखमा हंगकंग संग प्रतिस्पर्धा गर्ने गर्नेछ।
साभार

एपीएफलाई प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि

कैलाली। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले हात पारेका छन् । पूर्वाञ्चललाइ ७ विकेटले पराजित गर्दै एपीएफ विजयी भएको हो।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको थियो। टस हारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउदै मात्र ६० रन बनाएको थियो । काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक छुन सकेनन् । एपिएफका लागि कसिलो बलिङ गरेका रेखा रावल , करुणा भन्डारी, सीता राना मगर, रितु कनोजीया र अन्जली चन्दले १–१ विकेट लिएका हुन् । एपीएफले १६ ओभर तीन वलमा तीन विकेट गुमाउदै पुरा गर्यो ।

एपीएफको जीतमा ज्योती पाण्डेले २२, सरिता मगरले अविजीत १५ रनको योगदान दिए । विजेता एपीएफले पाँच र उपविजेता पूर्वाञ्चलले दुई लाख पुरस्कार प्राप्त गरेका छन् । पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट वलरसहित प्लेयर अफ द सिरिज घोषित भइन् ।

नेपाली फुटबल बिग्रिएको टुलुटुलु हेरेर बस्दिन : गणेश थापा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले एन्फाको चुनावमा कर्माछिरिङ शेर्पामा बिजय प्राप्त गरेको खण्डमा नेपाली फुटबलमा सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण अवस्था आउने दाबी गरेका छन् । भ्रष्टाचारको आरोपमा विश्व फुटबल महासंघ (फिफा) बाट प्रतिबन्ध भोगिरहेका थापाले आफुलाई नेपाली फुटबलको बारेमा बोल्ने अधिकार कसैले रोक्न नसक्ने पनि प्रष्ट पारेका छन् ।

सोमबार राजधानीमा फरक उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलन गणेश थापाले फिफाले आफुलाई फुटबलमा प्रतिबन्ध लगाएको तर नेपाली फुटबलका बारेमा बोल्न प्रतिबन्ध नलगाएको जिकिर गरे । आफु पनि स्वर्ण पदक बिजेता खेलाडी भएको उल्लेख गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण ३५ बर्ष खर्चेको नेपाली फुटबलमा को आउँदा राम्रो हुन्छ भन्ने विषयमा बोल्ने अधिकार आफुलाई भएको पनि प्रष्ट पारे ।

उनले नेपाली फुटबल बिग्रिएको टुलुटुलु हेरे बस्न नसक्ने जिकिर समेत गरे । एन्फाको आगामी चैत १४ गते हुने चुनावका लागि अब खुल्ला रूपमा देखिने पनि थापाको भनाई थियो ।

उनले मणि कुँवर र कर्मा छिरिङ शेर्पा सच्चिएर एन्फालाई पार्टीको भातृ संगठनका रूपमा नलगी साँच्चीकै नेपाली फुटबलको बिकास गर्न लागेका हुन भने दुबैलाई सफलताको शुभकामना समेत दिए । प्रतिबन्ध फुकुवा पश्चात फेरि पनि फुटबल क्षेत्रमा आफ्नो आवश्यकता भएको खण्डमा फुटबलको विकासमा फर्कन संकेत पनि थापाले दिए ।

यसैबीच थापाले नेपाल स्पोट्र्स अर्गनाइजेशन नामक संस्थामार्फत अब खेल क्षेत्र सक्रिय हुने जानकारी पनि पत्रकार सम्मेलनमा गराए ।

विश्व कप क्रिकेट छनोटका लागि जिम्बाबे पुगेको नेपाली टोलीले युएई र हङकङसँग अभ्यास खेल खेल्ने

विश्व कप क्रिकेट छनोटका लागि जिम्बाबे पुगेको नेपाली टोलीले युएई र हङकङसँग अभ्यास खेल खेल्ने

नेपाली टोलीले युएई र हङकङसँग अभ्यास खेल खेल्ने

काठमाडौँ । विश्व कप क्रिकेट छनोट खेलमा सहभागी हुन जिम्बाबे पुगेको नेपाली टोलीले अभ्यास खेल खेल्ने भएको छ ।

टोलीले मंगलबार संयुक्त अरब इमिरेट्ससँग अभ्यास खेल खेल्ने छ भने १७ गते हङकङसँग खेल्ने छ ।
अर्को वर्ष हुने विश्वकप क्रिकेटका लागि छनोट खेल खेल्न नेपाली टोली आइतबार जिम्बाबे पुगेको हो । संयुक्त अरब इमिरेट्स र हङकङसँग अभ्यास खेल खेल्ने नेपाली टोलीको तयारी रहेको छ ।

छनोटको पहिलो खेल नेपालले आयोजक राष्ट्र जिम्बाबेसँग फागुन २० गते खेल्ने छ । १० टोली सहभागि प्रतियोगितामा दुई समूहका विजेता अर्को वर्ष हुने विश्वकप क्रिकेटमा सहभागि हुनेछन् । सुपर सिक्समा पर्ने टोलीले एकदिवशीय क्रिकेटको मान्यता पाउनेछ । नेपाल रहेको समूहमा आयोजक जिम्वावेसंगै अफगानस्तान, स्कटल्याण्ड र हङकङ छन् ।

अर्को समूहमा वेष्टइन्डीज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवान्यूगिनी र संयुक्त अरब इमिरेट्स यूएई रहेका छन् । आईसिसी विश्वकप छनोट प्रतियोगितामा सहभागि हुने टोलीका लागि गएराती स्थानीय रेन्बो टावरमा रात्री भोजको आयोजना गरिएको थियो । नेपाली कप्तान पारस खड्का र आइपिएल अन्तर्गत दिल्लीमा आवद्ध सन्दीप लामिछानेलाई आयोजक जिम्बावेले निकै महत्व दिएको थियो ।