अन्तर्राष्ट्रिय रुपमा देशलाई चिनाउन खेलकुदको महत्व छ: नेता नेपाल

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुद क्षेत्रको विशेष महत्व रहेको बताउनुभएको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसले आयोजना गरेको रचनात्मक खेलकूद प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई आज पुरस्कृत गर्दै उहाँले भन्नुभयो — “मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन नेपालले खेलकुदको विकास र विस्तारमा विशेष जोड दिनुपर्छ ।”

पूर्वप्रधानमन्त्री नेपालले स्वस्थ्य जीवन र सामाजिक सद्भावका लागि पनि खेलकुदको आवश्यकता रहेकाले यसको व्यावसायिकताका लागि जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद शाखाका निर्देशक गंगाबहादुर थापाले राम्रा खेलाडी उत्पादन गर्नका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कलेजका प्रमुख निर्मला सुवालले कलेजमा अध्ययन गर्ने विद्यार्थीको चाप बढिरहेकाले भौतिक पूर्वाधार विकासका लागि सहयोगको अपेक्षा गर्नुभयो ।

खेलकूद शिक्षक तथा भलिबलका राष्ट्रिय रेफ्री इन्दिरा निरौलाले विभिन्न खेलकूद विधामा २७८ जना विद्यार्थी उत्कृष्ट भएको जानकारी दिनुभयो । खेलकूद एक हजार ३०० विद्यार्थी सहभागी भएका थिए ।

नेयमार सम्भवत: दुई महिनाका लागि बाहिर

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार खेलाडी नेयमार चोटका कारण सम्भवत: दुई महिनाका लागि मैदान बाहिर हुने भएका छन् । नेयमार यहि साता मार्सेविरुद्धको खेलमा घाइते भएका थिए ।
नेयमारको एंकलमा चोटमा कारण उनलाई शल्यक्रिया चाहिने बताइएको छ । तर पिएसजी र ब्राजिल यस विषयमा विवादमा रहेको छ । पिएसजी अहिले नै नेयमारको शल्यक्रिया गर्न चाहँदैन किनभने मार्च ६ मा पिएसजीले च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलमा रियलको सामना गर्दै छ ।
अर्को तर्फ ब्राजिल भने नेयमारलाई विश्वकपको लागि फिट भएको देख्न चाहन्छ र तुरुन्तै शल्यक्रिया गर्ने पक्षमा रहेको छ । नेयमारले अहिले शल्यक्रिया गरे उनी दुई महिनाका लागि मैदान बाहिर हुने छन् । उनी सम्भवत: विश्वकपको एक महिना अघि फिट हुने छन् ।
घरेलु लिगमा पिएसजी सहज स्थितिमा रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको मोनाको भन्दा १४ अंकले अगाडि रहेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा ३-१ ले पराजित भएको पिएसजी दोस्रो लेगमा नतिजा उल्टाउने होडमा रहेको छ । तर नेयमारको चोटले अब पिएसजीको पुनरागमन गर्ने आशा केहि कम भने पक्कै भएको छ ।

तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि

सुरुङ्गा : मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि शुरु हुने भएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने सो प्रतियोगितामा भारतको सिक्किम युनाइटेड क्लव, तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक टिम रमपम झापा ११ सहित मनाङ मस्र्यांदी, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीबल, सहारा क्लब पोखरा, रुपन्देही ११, सुदुरपश्चिम ११ कैलाली र भारतको सिक्किम युनाईटेड क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजयी टोलीले रु १२ लाख ५१ हजार र उपविजेता टोलीले रु छ लाख प्राप्त गर्नेछ ।

त्यस्तै झापा ११ बाट उत्कृष्ट खेल प्रर्दशन गर्ने एक खेलाडीलाई मोटरसाइकलसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने पनि सो अवसरमा जानकारी गराइयो ।

युएई नेपालसंग ५ विकेटले पराजित !!

आइसीसी विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराएको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २८ ओभर २ बलमा ओभरमा पुरा गर्न सफल रह्यो ।

नेपालका लागि आज ब्याटिङमा नायक शरद भेषावकर र दिपेन्द्र सिंह ऐरी रहे । दिपेन्द्रले ३२ बलमा ४१ रन जोडे भने शरद ४० रनमा अवजित रहे ।

नेपालको टप-अर्डर आज पनि क्रिजमा धेरैबेर जम्न सकेन । उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए भने दिलिप नाथले ४ रनको योग्दान दिए । त्यस्तै कप्तान पारस खड्काले २८ रनको पारी खेले भने अनिल शाह ११ रनमा आउट भएका थिए । शरदसँगै आरिफ शेख २३ रनमा अवजित थिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ रोज्दै युएई २८ ओभर ५ बलमा १ सय ७१ रनमा अलआउट हुने पुगेको थियो । मैदान चिसो भएका कारण खेल ढिलो सुरु भएको थियो र खेललाई २९ ओभरमा छोट्याइएको थियो ।

युएईले ५ रनमा पहिलो विकेट गुमाएको थियो । कप्तान रोहन मुस्तफा ४ रनमा आउट भएपनि अस्फक अहमद (४२) र गुलाम सबेर (३२) बीचको ६६ रनको साझेदारीको मद्धतले युएईको ब्याटिंगले लय समात्यो । नेपाली बलरहरुले युएईका शिर्षक्रमका ब्याट्सम्यानहरुलाई रोकेपनि अद्नान मुफ्ती र मुहम्मद उस्मानले विष्फोटक ब्याटिंग गर्दै युएईलाई बलियो रन तर्फ डोहोर्याए ।

मुफ्तीले २६ बलमा ३७ रन बनाए भने २० बलमा २६ रन बनाएका उस्मानलाई ललित भण्डारीले आउट गरे । अन्तिम २ ओभरमा युएईको ५ विकेट पतन भएको थियो । नेपालका लागि ललित भण्डारीले ४, करण केसीले ३ तथा ललित राजबंशीले २ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिए । करणले ३ विकेट अन्तिम ओभरमा लिएका थिए ।

युएईले १६० रन पुरा गर्यो !!

नेपाल र युएई बीच आज नेपाली समय दिउसोको ०१ : १५ बाट हुने भनिएको खेल मैदान चिसो भएको हुनाले टस हुन् ढिलो भयो । करिब डेड घण्टा पछि बल्ल टस हुन सकेकोछ जसमा युएईले टस जिती ब्याटिंग गर्न उत्रेकाछन् ।

अहिले सम्म युएईले ५ विकेटको क्षेतिमा २७ ओबर खेल्दै १६३ रन बनाउन सफल भएको छ । युएईले निरन्तर रुपमा आफ्नो रन रेट ६ भन्दा माथिनै राख्न सकेको छ, यो भने नेपालको लागि दुखको कुरा हो ।

नेपालका लागि पहिलो विकेट कुन कुन बलरले कति लिगे ?

ललित भण्डारीले मुस्तफालाई

पारस खड्काले गुलाम शाबरलाई

ललित राज्बंसिले रामिज शेहजाधलाई

ललित राज्बंसिले अहेमदलाई

भण्डारीले साइमनलाई

नेपाल र युएईको म्याच चली रहदा उता अफगानिस्तान र वेस्ट इन्डिज अनि हंगकंग र नेदरल्याण्ड बीच हुदै गरेको म्याच भने बिचमै मौसन खराबीका कारण रोकिएको थियो र अहिले फेरी पूर्ण सुचारु भएको छ  ।

पारस खड्काले लिगे विकेट !! युएई १५ औ ओबर खेल्दै २ विकेटको क्षेतिमा ७२ रन बनाउन सफल

टस जितेर ब्याटिंग रोजेको युएईले अहिले सम्म २ विकेटको क्षेतिमा १५ ओबर खेल्दै ७२ रन बटुल्न सफल भएको छ ।
भखरै मात्र पारस खड्काले गुलाम शाब्बरलाई आउट पार्न सफल भएका छन् भने ओबर सकिए लगतै १५ औ ओबर गर्नका लागि सन्दिप लामिछाने आएका छन् ।

मौसम खराब भएको हुनाले नेपालले युएईलाइ जति सक्यो कम रन रेटमै पहिलो इन्निंग सक्नु पर्ने हुन्छ ।मौसमले साथ नदिए D/L परिक्रिया पनि हुन् सक्ने हुनाले नेपाली बलरले कम भन्दा कम रनमै इन्निंग सकैदिनु पर्ने देखिन्छ ।
नेपालका लागि पहिलो विकेट ललित भण्डारीले मुस्तफालाई अनि गुलाम शब्बरलाई पारसले लिगेका छन्

युएईले नेपालमाथि ठुलो दबाब राख्दै, ! ललितले लिगे पहिलो विकेट

आइसीसी विश्व कप: अभ्यास खेल अन्तर्गत नेपाल आज युएईसँग खेल्ने

नेपाल र युएई बीच आज नेपाली समय दिउसोको ०१ : १५ बाट हुने भनिएको खेल मैदान चोसो भएको हुनाले टस हुन् ढिलो भयो । करिब डेड घण्टा पछि बल्ल टस हुन सकेकोछ जसमा युएईले टस जिती ब्याटिंग गर्न उत्रेकाछन् ।

म्याच सुरु भैसकेको छ । अहिले सम्म युएईले १ विकेटको क्षेतिमा १० ओबरमा ५४ रन बनाउन सफल भएको छ । युएईले निरन्तर रुपमा आफ्नो रन रेट ५ रन/ओबर भन्दा माथिनै राख्न सकेको छ, यो भने नेपालको लागि दुखको कुरा हो ।
मौसम खराब भएको हुनाले नेपालले युएईलाइ जति सक्यो कम रन रेटमै पहिलो इन्निंग सक्नु पर्ने हुन्छ ।मौसमले साथ नदिए D/L परिक्रिया पनि हुन् सक्ने हुनाले नेपाली बलरले कम भन्दा कम रनमै इन्निंग सकैदिनु पर्ने देखिन्छ ।
नेपालका लागि पहिलो विकेट ललित भण्डारीले मुस्तफालाई ।

क्यानलाई निलम्बन गरे पनि नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न दिनु सही हो: आईसीसी

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान लाई निलम्बन गरे पनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन दिने निर्णय सही सावित भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका एक उच्च अधिकारीले बताएका छन् ।

आईसीसीका अन्तर्राष्ट्रिय विकास प्रमुख विलियम ग्लेनराइटले संयुक्त अरब इमिरेट्सबाट प्रकाशित हुने ‘द नेसन’ पत्रिकालाई भने, ‘नेपालको क्रिकेट संघ अहिले निलम्बित छ तर आईसीसीको बोर्डले एउटा रणनीतिक निर्णय गर्दै नेपाली खेलाडीहरूलाई भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन दिइरहेको छ । हामीलाई के लाग्छ भने त्यहाँको क्रिकेट बोर्डले भोग्नु परेको व्यस्थापकीय चुनौतीहरूको असर खेलाडीमाथि पर्नु हुदैन ।’

गत वर्ष नेपालमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न आफू नेपाल गएको र नेपालमा क्रिकेटप्रतिको मोह आफूले देखेको उनले बताए । ‘नेपाल हाम्रा लागि प्राथमिकतामा छ र हामी नेपाल क्रिकेट संघलाई फेरि आईसीसीमा फिर्ता ल्याउन लागि परेका छौँ’ उनले भने ।

नेपालले हालै नामिबियामा देखाएको प्रदर्शन आश्चर्यजनक नभएको पनि उनको भनाइ छ । ‘अहँ मलाई नेपालको खेल देखेर आश्चर्य लागेन । नेपालमा राम्रा क्रिकेट खेलाडीहरूको कमी छैन । राष्ट्रिय संघ नहुँदा खेलाडीहरूका लागि स्थिति सहज छैन तर हामीले सक्दो गरिरहेका छौँ । हामीले गर्ने कामले क्रिकेट संघ को ठाउँ लिन सक्दैन’ ग्लेनराइटले भनेका छन् ।

ग्लेनराइटले नेपालले हालै पाएको सफलताको सम्पूर्ण श्रेय नेपाली खेलाडी र कोचहरूलाई जाने पनि बताए ।

नेयमार रियलविरुद्धको खेलमा फर्कने जिदानको आशा

म्याड्रिड (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार चोटग्रस्त नेयमार च्याम्पियन्स लिगको अन्तिम १६को दोस्रो लेगमा फिट भएर फर्केने रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आशा व्यक्त गरेका छन् । रियल र पिएसजीबीच मार्च ७ मा दोस्रो लेग हुँदैछ ।

आइतबार लिग १ मा मार्सेविरिुद्धको खेलमा नेयमारको घुँडामा चोट लागेको थियो । पिएसजी ३–० ले जितेको खेलको ७७ औं मिनेटमा मार्सेको खेलाडीको ट्याकलमा घाइते भएका नेयमार स्ट्रेचरमा मैदान छोड्न बाध्य भए ।

नेयमारको चोट क्लबका लागि धक्का भएको उल्लेख गर्दै जिदानले सोमबार पत्रकार सम्मेलनमा भने, ‘म चाहन्छु हामीसँगको खेलमा नेयमार फर्किउन । कुनै पनि खेलाडी घाइते नहुन भन्ने मेरो चाहना हो । मलाई आशा छ उनी पूर्ण रुपमा ठिक भएर फर्कनेछन् । ‘

रियल टोलीका अवस्थाका बारेमा जिदानले थपे, ‘हाम्रो चोटग्रस्त खेलाडीका बारेमा नयाँ जानकारी केहि छैन । सबै तीन खेलाडी मैदानमा फर्कन मेहनत गरिरहेका छन् । अहिले नै तत्काल पहिलो रोजाइमा पर्ने सम्भावना छैन । हाम्रोमा नयाँ कुनै समस्या छैन ।’

रियलका कप्तान सर्जियो रामोसको प्रदर्शनलाई लिएर भइरहेको आलोचनाको बचाउमा जिदानले भने, ‘रामोस हाम्रो नेता हुन् । उनी हाम्रो कप्तान हुन् । जसले उनको खेललाई लिएर शंका गर्छन् तीनले उनलाई आदर गर्दैनन् । क्लबका हरेक व्यक्ति उनलाई माया गर्छन् ।’

आइसीसी विश्व कप: अभ्यास खेल अन्तर्गत नेपाल आज युएईसँग खेल्ने

आइसीसी विश्व कप: अभ्यास खेल अन्तर्गत नेपाल आज युएईसँग खेल्ने

आइसीसी विश्व कप: अभ्यास खेल अन्तर्गत नेपाल आज युएईसँग खेल्ने

काठमाडौं । आइसीसी विश्व कप छनोट अगाडिको अभ्यास खेलमा नेपालले मंगलबार (आज) युएईसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । नामिबियामा केही दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत विजेता बन्दै संयुक्त अरब इमिरेट्स (युएई) र दोश्रो स्थानमा रहेको नेपाल विश्वकप छनौट खेल्न लागेका हुन् ।

दुई साताको फरकमा नेपालल युएई तेस्रो पटक खेल्न लागेका छन । नामिबियामा भएको डिभिजन २ को खेलमा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गर्दा फाइनलमा ७ रनले हारेको थियो । फाइनलमा नेपालको जितमा कप्तान पारस खड्काले सतक प्रहार गरेका थिए ।

जिम्बाबेमा मार्च ४ देखि हुँने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिम विश्वकप खेल्न पाउनेछन । प्रतियोगिताबाट उत्कृष्ट ३ एसोसिएट रास्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

नेपाल समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ। नेपालले पहिलो खेल फागुन २० गते आइतबार घरेलु टोली जिम्बावे विरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले फागुन २४ स्कटल्याण्डको सामना गर्नेछ।

लिग चरणका अन्तिम दुई खेलमा नेपालले फागुन २६ मा अफगानिस्तान र फागुन २८ मा हङकङको सामना गर्नेछ। दोश्रो अभ्यास खेलमा फागुन १७ गते बिहीबार नेपालले हङकङको सामना गर्नेछ।