क्रिकेटर सन्दिपलाई फेरि अर्को अवसर, लर्डसमा हुने विश्व ११ को टिममा छनोट

जेठ २ पोखरा । लेग स्पिनर युवा खेलाडी सन्दिप लामीछाने लर्डसमा हुने वेष्ट इन्डिज विरुद्ध खेल्ने आईसीसी विश्व ११ टिममा परेका छन ।

हाल इन्डियन प्रिमियर लिग आइपिएलमा डिल्ली डेयरडेभिल्सबाट खेल्दै गरेका सन्दिप आगामी ३१ मे मा लर्डसमा हुने खेलमा लामीछानेलाई विश्व ११ टिममा समावेश गरको हो । सो खेलमा १७ वर्षे सन्दिपले इयोन मोर्गनको कप्तानीमा हुने टिमबाट खेल्ने छन ।

सन २०१६ लर्डसमा नै भएको एमसीसी विरुद्धको अन्डर नाइन्टिन विश्वकपमा १६ विकेट लिदै तहल्का मच्चाएका सन्दिपले नेपालबाटै खेलेका थिए ।

उनको टिममा मोर्गन र सन्दिप सहित, साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तीक, रासिद खान, मिचेल म्याक्लागन, सोयब मलिक, हार्दिक पाण्डे, थिसारा परेरा र लुकी रोन्ची रहेका छन ।

नामिबिया विरुद्धको खेलबाट नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका सन्दिप हाल भारतको डिल्ली डेयरडेभिल्सले उनलाई आईपीएलका लागि २० लाखमा अनुबन्धन गरेको छ ।

आईपीएलमा विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बैङलोर विरुद्धको खेलमा चार ओभरमा २५ रन खर्चदै एक विकेट लिएका उनको टिमका खेलाडीसंगै विश्वभर प्रंशसा भएको थियो ।

क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा दिने ! शेयर गर्नुहोस

रत्ननगर, चितवन । भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

“भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र हो, रेणु दाहालले पत्रकारसँग भनिन् , क्रिकेटका लागि चितवन आउन आह्वान गर्छु, महानगरले सक्दो सहयोग गर्छ ।”

धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको बताइन ।

उनले आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्नसमेत तयार छ भन्दै आजै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउण्डेसनलाई पत्राचार गरिने उल्लेख गरिन । चित्रवन रंगशाला भएको ठाउँमा क्षेत्र विस्तार गरेर क्रिकेट रंगशाला बनाउन सकिने महानगर प्रमुख दाहालको भनाइ थियो ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन प्याकेज घोषणाका क्रममा उक्त रंगशालाका लागि रु ५० लाख विनियोजन गरेका थिए ।

त्यसमा रु १९ लाखमात्रै खर्च भएको र अरु रकम फर्किएको थियो । अहिले भरतपुर महानगरले उक्त रंगशालाका लागि रु एक करोड बजेट छुट्याएको जनाएको छ ।

यसअघि चितवनको रत्ननगरस्थित टिकौली चौरमा क्षेत्रीय रंगशाला निर्माण गर्न भनेर मन्त्रीबाटै शिलान्यास गरिएको कामसमेत अधुरो छ । चितवन जिल्लामा खेलकूद मैदानको अभाव छ ।

धुर्मुस सुन्तली फाउण्डेसनद्वारा क्रिकेट रंगशाला निर्माणका लागि जग्गा खोज्दै

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । फाउण्डेसन क्रिकेट लागि जग्गा खोजी थालेका छन् ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा धुर्मुससहित फाउण्डेसनको टोलीले भक्तपुरको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा अवलोकन गरेको छ ।

क्रिकेटप्रेमीहरुको सहयोग प्रतिबद्धता र नेपाल सरकारको पनि सकारात्मक पहलकदमीका कारण आफुहरुलाई थप उत्साह मिलेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

उपयुक्त स्थान रहेको खण्डमा फाउण्डेसनलाई जानकारी गराउन समेत कट्टेल आग्रह गरेका हुन्।

धनगढीमा क्रिकेटको क्रेज !

धनगढी, १० चैत : क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेश नं ७ को राजधानी धनगढी शहरको पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको छ ।

पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जाडिन पुगेका छन् । क्रिकेट खेल्ने ‘मूर्ख’ र हेर्ने ‘महामूर्ख’ भन्ने भनाइ चले पनि पछिल्लो समय बढेको क्रिकेटको ‘क्रेज’ले सो भनालाई गलत सावित गर्दै क्रिकेट खेल्ने र हेर्ने दर्शक पनि बढाइदिएको छ । “चार दिवसीय वा पाँच दिवसीय क्रिकेट प्रतियोगिता हुने समयमा यस्तो धारणा समाजमा थियो”, पूर्वक्रिकेटर धरम खड्काले भन्नुभयो, “एक दिवसीय र २०/२० खेल खेल्ने चलनसँगै यो धारणा अब पुरानो भइसकेको छ ।”

खड्काले अप्रत्यक्ष रुपमा भए पनि क्रिकेटको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले धनगढीको वनदेवी रोडमा सञ्चालन गर्नुभएको ‘द क्रिकेट क्लासिक होटेल’मा प्रवेश गर्दा त्यहाँका टेबल, क्याविन र सुत्ने कोठा क्रिकेटको अवधारणमा तयार पारिएको देख्न सकिन्छ । क्रिकेटप्रति बढेको आकर्षणसँगै यस क्षेत्रमा खेलका प्रतियोगिता आयोजना हुने क्रम बढ्दै गएका छन् । हालै कैलालीको अत्तरियामा सर्वाधिक धनराशि पुरस्कार भएको महिला क्रिकेट प्रतियोगिता तथा क्लब र विद्यालयस्तरीय थुप्रै प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

कतिपय विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापका रुपमा क्रिकेट प्रतियोगितालाई छनोट गर्दै यसका लागि प्रशिक्षक राखेकाले आगामी दिनमा क्रिकेटको व्यावसायिक थलोसमेत धनगढी बन्ने सम्भावना बढेको छ । क्रिकेटको विकास र बिस्तारका लागि धनगढी र खास गरी प्रदेश नं ७ का बिभिन्न जिल्लामा एक दर्जन बढी क्रिकेट एकेडेमीसमेत सञ्चालनमा आइसकेको छ । खेल व्यावसायिक रुपमा अघि बढ्न सक्ने सम्भावना रहेको खेलप्रेमी चेतराज ओझा बताउनुहुन्छ ।

क्रिकेटप्रति बढेको आकर्षणसँगै टोलैपिच्छेका बालबालिका र विद्यालयका छात्रछात्रा फुर्सदको समयमा आफ्नो घर वरिपरिको खाली चौर, बाटो र खेतमा क्रिकेट खेल्न तम्सिएका देखिन्छन् । धनगढी नगरपरिषद्को बैठकले पनि दुई वर्षअघि धनगढीलाई क्रिकेटको शहरका रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

प्रदेश नं ७ क्रिकेटको उर्वरभूमि

क्रिकेटको उर्वरभूमि मानिने प्रदेश नं ७ ले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ ।

सो क्षेत्रले भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिं ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिं भण्डारी, दिलीपनाथलगायत क्रिकेट खेलाडी जन्माइसकेको छ । यस्तै ‘अण्डर १९’ टोलीमा सहभागी हुने भीम सार्की, सन्दीप जोरा, सुबोध ऐरलगायत खेलाडी यसै प्रदेशका हुन् ।

डिपिएलको तयारी

क्रिकेटको शहर धनगढीमा यही चैत १७ देखि शुरु हुन लागेको देशकै सर्वाधिक धनराशि पुरस्कारको रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल)को तयारी हुँदैछ । सो प्रतियोगितामा भाग लिने सबै समूहमा खेलाडीको ‘अक्शन’ गर्ने काम पूरा भइसकेको छ भने मैदान तथा कालोपत्र तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

धनगढी उपमहानगरपालिका–३ मोहना नदी छेउको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ ‘ड्रिम फाप्ला’ अभियानअन्तर्गत शुरु गरिएको डिपिएल क्रिकेटको यस वर्ष दोस्रो संस्करण हुँदैछ । “ड्रिम फाप्लामा पुग्ने सिंढी नै डिपिएल हो”, डिपिएलका आयोजक एवं धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले भन्नुभयो, “यसबाट फाप्ला मैदानलाई क्रिकेटको अन्तर्राष्ट्रिय मैदान बनाउन सरकारका निकायमा दवाव पुगेको महसुस भएको छ ।” एक वर्षअघि ‘ड्रिम फाप्ला’ अभियानको नेतृत्व गरेका शाही भन्नहुन्छ, “सबैको उत्साह देखेर हामीले ड्रिम फाप्लाको सपना देखेका थियौँ, यो अभियान सफलतामा पुगिछाड्ने छ ।”
क्रिकेटका गतिविधि बढ्दै गए पनि यस क्षेत्रमा क्रिकेट खेल्न स्तरीय खेल मैदानको अभाव शुरुदेखि नै खड्किएको छ । डिपिएललगायत क्रिकेट गतिविधिले विशेष गरी नयाँ पुस्ता र व्यवसायीमा बेग्लै खाले उत्साह पनि देखिन थालेको स्थानीयवासी क्रिकेटप्रेमी बताउँछन् ।

‘ट्यालेन्ट हन्ट’बाट खेलाडी छनोट

डिपिएलमा स्थानीय खेलाडीलाई स्थान दिन आयोजकले प्रतियोगितामा भाग लिने प्रत्येक समूहमा एक÷एक जना स्थानीय खेलाडी सहभागी गराउनुपर्ने मान्यता राखेर हालै ‘ट्यालेन्ट हन्ट’(प्रतिभा छनोट) विधि अपनाएर खेलाडी छनोट गरेको छ । यस्तो छनोटबाट पहिलो पटक डिपिएलमा सहभागी हुनेछ टिममा छ स्थानीय खेलाडीले सहभागी हुन पाउने मौका पाएका छन् ।

‘ट्यालेन्ट हन्ट’ मार्फत खेलाडी छनोट गर्दा एक खेलाडीको बढीमा रु २५ हजारको बोली लाग्दा स्थानीय खेलाडीले पहिलो पटक आम्दानी गर्ने अवसर पनि पाएका छन् ।

डिपिएललाई आइसिसीको मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यहाँ आयोजना हुन लागेको ‘रुस्लान धनगढी प्रिमियर लिग’(डिपिएल)को दोस्रो संस्करणलाई मान्यता दिएको छ । आइसिसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको नभई नेपाली घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा थप महत्व र उचाइ हासिल गरेको छ । उक्त प्रतियोगितामा काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीको सहभागिता रहने जनाइएको छ ।

नेपालमा सर्वाधिक पुरस्कारको राशि भएको प्रतियोगिताको विजेताले रु २५ लाख, उपविजेताले रु १० लाख, तेस्रो हुने टोलीले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउने जनाइएको छ । क्रिकेट इतिहासमा नेपालले एक दिवसीय मान्यता पाउन सफल भएपछि क्रिकेटको शहर धनगढीमा खुशीयालीस्वरुप केही दिनअघि खेलप्रेमीले विजय जुलूस र दीप प्रज्वलन गरेका थिए ।-रासस

खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन

भद्रपुर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समग्र खेलकूद क्षेत्रको विकासका लागि खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ ।

जिल्ला खेलकूद विकास समिति झापाद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले सरकारी विद्यालयमा पठनपाठनका साथै खेलकूदलाई पनि प्राथमिकतामा राखिने बताउनुभयो ।
उहाँले प्रदेश चलाउन जेठ २५ गतेभित्र कानून बनाइसक्ने जानकारी पनि दिनुभयो ।

दश वर्षमा पनि पूरा भएन इमानसिं रंगशाला निर्माण

फिदिम । पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन ।

विसं २०६४ बाट निर्माण शुरु भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान बजेट अभाव लगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो । सेभेन साइजमा रहेको खेलमैदान स्थानीयवासीको परिकल्पनामा रंगशाला निर्माण थालिएको थियो ।

निर्माणका लागि अहिलेसम्म तत्कालीन जिल्ला विकास समिति, गाविसका साथै सोही ठाउँबाट खाडी मुलुकमा विदेशिएका युवा, जिल्ला खेलकुद विकास समिति, उच्च माध्यमिक शिक्षा परिषद्, सांसद विकास क्षेत्र कोष, वडापालिका लगायतबाट रु ४२ लाखभन्दा बढी खर्च भइसकेको छ ।

स्थानीय स्तरमा खेदकुदको विकास गर्ने उद्देश्यका साथ निर्माण प्रारम्भ भएको रंगशालाको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको स्थानीय चोरुलुङ क्लबका अध्यक्ष वीरबहादुर थाम्सुहाङले लिम्बुले बताउनुभयो ।

थाम्सुहाङका अनुसार अहिलेसम्म रंगशालाको लम्बाइ, चौडाइ र स्टेप कटिङका साथै मञ्च निर्माण कार्य पूरा भएको छ । अब लेबल मिलाउने, हरियो दुबो उमार्ने र भौतिक संरचनाको काम बाँकी रहेको छ ।

रंगशाला निर्माण चाँडै पूरा गर्न विभिन्न निकायमा सहयोगी हात खोजी गर्ने काम भइरहेको थाम्सुहाङले बताउनुभयो । रंगशालाका लागि निर्माण भएको मञ्चको भने २०७१ सालमै तत्कालीन खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माबाट उद्घाटन भइसकेको छ ।

ओल्ड ट्रार्फडमा फुटबल खेल्ने बोल्टको सपना यसरी हुँदैछ पुरा

काठमाडौं । तीव्र गतिका धावक उसेन बोल्टले अन्ततः ओल्ड ट्रार्फडमा फुटबल खेल्ने भएका छन् ।

ओलम्पिकमा आठ स्वर्ण जितेका बोल्ट सेलिब्रेटी र फुटबलरहरुको खेलमा एक टिमको कप्तान बन्नेछन् । युनिसेफका लागि फुटबलको सहयोग नाम दिइएको यो खेल जुन १० मा हुनेछ ।

बोल्ट सेलिब्रेटी टिमको कप्तान हुँदा जेनेन्ड फुटबलरहरुको टिमको कप्तानी रोबी विलियम्सले गर्ने छन् । ‘ब्यवसायिक फुटबलर बन्ने मेरो सपना हो’ जमैकन धाबक बोल्टले भनेका छन् ।

उनले गत वर्ष दौडबाट सन्यास लिएका थिए । ३१ वषर्ीय बोल्ट म्यानचेष्टर युनाइटेडका समर्थक हुन् ।

मेस्सीद्धारा घाइते नेइमारलाई फोन गरेर स्वास्थ्य लाभको कामना

एजेन्सी । स्पेनिस बार्सिलोनाका स्टार लिओनल मेस्सीले आफ्ना पूर्वटिममेट तथा फ्रेन्च क्लब पिएसजीका स्टार नेइमारलाई फोन गरेर स्वास्थ्य लाभको कामना गरेका छन् । आइतबार लिग वान फुटबलअन्तर्गत मार्सेइलीविरुद्धको खेलक्रममा गम्भीर घाइते भएका नेइमारलाई उनले फोन गरेर स्वास्थ्य लाभको कामना गरेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।

टेलिफोन संवादमा मेस्सीले उक्त घटनाबाट आफू ज्यादै दुःखी भएको बताएका छन् । ‘डन बालोन’ का अनुसार मेस्सीले तीन मिनेटसम्म नेइमारसँग फोनमा कुराकानी गरेका थिए । सोक्रममा मेस्सीले नेइमारलाई सधैं एउटा खेलाडी मात्रै नभएर भाइको रूपमा हेरेको भन्दै उक्त घटनाले आफूलाई मात्रै नभएर बार्सिलोनाका सबै टिममेट तथा सदस्यलाई दुःखी बनाएको बताए ।

सोक्रममा मेस्सीले नेइमारलाई चाँडोभन्दा चाँडो ठीक भएर उनी मैदान फर्किएको हेर्न चाहेको पनि बताए । नेइमार गत समरमा बार्सिलोनाबाट विश्वकै सबैभन्दा महँगो खेलाडी बनेर पिएसजी गएका थिए । बार्सिलोनामा छँदा मेस्सी र नेइमारको सम्बन्ध मैदानमा मात्रै नभएर मैदानबाहिर पनि उत्तिकै घनिष्ठ रहेको थियो ।

नेइमार गत आइतबार घाइते भएका हुन् । उनको दायाँ खुट्टाको हड्डी भाँचिएको बताइएको छ । उनले कम्तीमा दुई हप्ता तथा खुट्टाको शल्यक्रिया गर्नु परे दुई महिनासम्म मैदानबाहिर रहनुपर्ने बताइएको छ ।

झापा गोल्डकप- उद्घाटन खेलमा आयोजक र सुदूरपश्चिम भिड्ने

झापा – यसै साता सुरु हुने तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक झापा ११ र सुदूरपश्चिम ११ बीच हुनेभएको छ । प्रतियोगिता शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुनेछ ।

आयोजक झापा ११ ले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको दोस्रो दिन फागुन २० गते नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ । सोझै क्वार्टरफाइनलमा स्थान पाएका रुस्लान थ्री स्टार क्लब र नेपाल एपिएफ क्लबबीच फागुन २१ गते खेल हुनेछ ।

१० टोलीको सहभागिता रहेको प्रतियोगितामा वाई पाएर क्वार्टरफाइनल पुगेका लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र सहारा क्लब पोखराबीच फागुन २२ गते प्रतिस्पर्धा हुनेछ ।झापा र सुदूरपश्चिमबीचको विजेताले फागुन २३ गते सिधै क्वार्टरफाइनल खेल्ने सिक्किम युनाइटेड एफसीको सामना गर्नुपर्नेछ । त्यस्तै पुलिस र रुपन्देहीबीचको विजेताले फागुन २४ गते त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

यस पटक झापा गोल्ड कपको राशीमा पनि बृद्धि गरिएको छ । यसपटकको विजेताले १२ लाख ५० हजार तथा दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ पाउनेछ । गत वर्षको विजेताले ७ लाख रुपैयाँ प्राप्त गरेको थियो । झापा गोल्डकप यसपटकको मोफसलको सर्वाधिक पुरस्कार राशीको गोल्ड कप हुनेछ ।

माघको पहिलो साता धनगढीमा सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको थियो भने माघ दोस्रो साता इटहरीमा सम्पन्न मदन स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

खप्तड गोल्डकप त्रिभुवन आर्मी क्लब र इटहरी गोल्डकप रुस्लान थ्री स्टार क्लबले जितेको थियो । फागुन २८ गते सम्म चल्ने झापा गोल्ड कपमा झन्डै ९७ लाख रुपैयाँ खर्च हुन अनुमान गरिएको छ ।

“रोनाल्डो उत्कृष्ट, तर मेस्सी अर्कै संसारका खेलाडी”

तेहरान (फिफा) – इरानका प्रशिक्षक कार्लोस क्विरोजले क्रिस्टियानो रोनाल्डो संसारको सबै भन्दा उत्कृष्ट खेलाडी हुन् तर मेस्सी यो संसारका नै नभएको बताएका छन् ।

रोनाल्डो र मेस्सीबीचको लामो समय देखिको तुलनामा क्विरोजले आफ्नो धारणा राखेका हुन् । ‘रोनाल्डो संसार कै सर्वोकृष्ट खेलाडी हुन्’ , क्विरोजले फिफासँगको अन्तर्वार्तामा बताए । ‘तर मेस्सी एक असाधारण खेलाडी हुन् र उनी यो संसार भन्दा बाहिरका हुन्’, उनले थपे ।

यसअघि म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा रोनाल्डोको प्रशिक्षकका रुपमा काम गरेका क्विरोजले मेस्सी मानवजातिको नरहेको बताए । ‘मेस्सी मानव नै हैनन् । मानवले मेस्सी जस्तो जादुई प्रदर्शन गर्न सक्दैनन् ।’ उनले थपे, ‘मेस्सी मनाव भएको प्रमाणित नभएसम्म उनलाई खेल्न प्रतिबन्ध लगाउनु पर्छ ।’ , क्विरोजले ठट्टा गरे ।