‘मेस्सीले खेल्नु पर्थ्यो’– गोटी

अर्जेन्टिना (एजेन्सी)– सुपर स्टार लियोन मेस्सी अर्जेन्टिनाका पछिल्ला दुवै मैत्रीपूर्ण खेलमा खेलेनन् । ह्यामस्ट्रिङ समस्याबाट गुज्रेका मेस्सी इटाली र स्पेनसँगको पछिल्लो खेलमा दर्शकमा सिमित भए । स्पेनसँगको खेल ६–१ ले गुमाएपछि अर्जेन्टिनाको चर्को आलोचना भएको छ । स्पेनका कप्तान सर्जियो रामोसले मेस्सी विना अर्जेन्टिना खराब टोली रहेको बताएका थिए ।

अर्जेन्टिनाका महान खेलाडी हिगो गाटीले भने चोटका बावजुद पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट खेलेको भन्दै मेस्सीको आलोचना गरेका छन् । अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीको टोली स्पेनसँग लज्जस्पद ढंगले हर्दा मेस्सीले स्ट्यान्डबाट हेरेका थिए । मेस्सी खेलको बीचमै उठेर हिडेका थिए ।

अर्जेन्टिनाका पूर्व गोलकिपर गाटीले राष्ट्रिय टोलीमा उपलब्ध हुनका लागि बढी मेहनत गर्नुपर्नेमा जोड दिए । उनले रोनाल्डो त्यो विषयमा गम्भिर रहेको पनि थपे । एउटा टेलिभिजन अन्तवार्ताका क्रममा गोटीले भने, ‘मेस्सीले खेल्नु पथ्र्यो । जनता उनलाई हेर्न चाहन्छन् । रोनाल्डोले विगतमा त्यस्तो गरेका छन् ।’

गोटीले राष्ट्रिय टोली मेस्सीमा मात्र निर्भर नरहेको बताएका छन् । उनले भने, ‘मलाई लाग्दैन मेस्सीका कारणले मात्र टोली बन्ने होइन । मलाई त्यस्तोमा विश्वास छैन । गोटीले जस्तो दाबी गरे पनि अर्जेन्टिना र उनका समर्थकले भने रसिया विश्वकपमा मेस्सीबाट ठूलो अपेक्षा राखेको छ ।’

रियलको सहज जित, बार्सिलोना रोकियो

पाल्मास (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३-० ले हराएको छ । रियलको जितमा ग्यारेथ बेलले दुई गोल गरे ।

बेलले खेलको २६ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको ३९ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा बेलले आफ्नो व्यक्तिगत दोस्रो र टिमको तेस्रो गोल गर्दै ३ अंक सुनिश्चित गरेका थिए । रियलका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो टोलीमा सामेल थिएनन् ।

अर्को तर्फ अग्रस्थानमा रहेको बार्सिलोनाले सेभियासँग २-२ को रोमाञ्चक बराबरी खेल्दै सिजनको अपराजित यात्रा कायम राख्यो । फ्रान्को भाजक्वेज र लुइस मुरियलको गोलमा पछि परेको बार्सिलोनाले खेलको अन्तिमतिर दुई गोल फर्काएको थियो । बार्सिलोनाका लागि ८८ औं मिनेटमा लुइस स्वारेजले गोल गरे भने ८९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेल बराबर पारेका थिए ।

३० खेलमा ७६ अंकसहित बार्सिलोना तालिकाको शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा बार्सिलोनाको १२ अंक बढि रहेको छ । रियलको भने ३० खेलमा ६३ अंक रहेको छ ।

एथ्लेटिको विरुद्धको जितमा मेस्सीको फ्री किक निर्णायक

बार्सिलोना (एजेन्सी) – एथेलेटिको म्याड्रिडलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा अग्रता बलियो बनाउन सफल भएको छ । दोस्रो स्थानको एथ्लेटिकोलाई पराजित गरेपछि बार्सिलोनाको २७ खेलमा ६९ अंक भएको हो । एथ्लेटिकोको भने दोस्रो स्थानमा ६१ अंक छ ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले पहिलो हाफमा फ्री किक मार्फत गरेको गोल नै निर्णायक रह्यो । मेस्सीले ३० यार्डबाट फ्री किक मार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिना र बार्सिलोनासँग गरेर मेस्सीको यो ६ सयौं गोल हो ।

बार्सिलोनाले पहिलो हाफमा खेलमा पूर्ण नियन्त्रण राखेको थियो । दोस्रो हाफमा भने एथ्लेटिकोले पोजेसन राखे पनि गोल गर्न भने सकेन । खेलको ७६ औं मिनेटमा स्वारेजले गोल गरे पनि रेफ्रीले अफसाइडका कारण गोल मानेन । त्यस्तै गेमेरोको ८६ औं मिनेटको गोल पनि अफसाइड भएका कारण बार्सिलोनाले ३ अंक पाएको हो ।

रोनाल्डोको दुई गोलमा रियल म्याड्रिड विजयी

म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडले गेटाफेलाई ३-१ को गोलअन्तरले पराजित गरेको छ । रियलका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

रियलले खेलको २४ औं मिनेटमा ग्यारेथ बेलको डिबक्स भित्रबाट गरेको प्रहारबाट खेलमा अग्रता लिन सफल भएको थियो । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले बक्समा गेटाफेका डिफेन्डरहरुलाई छल्लाउँदै आफ्नो बलियो प्रहारलाई गोलमा परिणत गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको रियलले दोस्रो हाफमा थप एक गोल भने गेटाफेले पनि एक गोल फर्कायो । खेलको ६६ औं मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सिस्को पोर्टिल्लोले परिणत गर्दै गेटाफेलाई खेलमा फर्किने आशा दिलाएका थिए ।

तर ७८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडिङ गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यस जितसँगै रियलको २७ खेलमा ५४ अंक रहेको छ । अब रियलले मंगलबार राति च्याम्पियन्स लिगमा पिएसजीको सामना गर्ने छ । पिएसजीले पनि गए राति आफ्नो घरेलु लिगमा ट्रोयेसमाथि २-० को जित निकालेको छ ।

ग्रिजम्यान एक्लैले गरे चार गोल, बार्सिलानोमाथि दबाव कायमै

१७ फागुन, काठमाडौं । एन्टोनी ग्रिजम्यान चम्किएपछि स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले लेगानेसमाथि सहज जित हात पारेको छ ।

जितसँगै एथ्लेटिकोले लिग लिडर बार्सिलोनामाथि दबाव कायमै राखेको छ । बार्सिलोना ४ अंकले अगाडि छ र एक खेल कम खेलेको छ ।

बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले लेगनेसमाथि ४-० को जित हात पारेको हो ।

सबै गोल ग्रिजम्यानले गरे । २६ औं मिनेटमा घरेलु टोलीको खाता खोलेका उनले ३५ औं मिनेटमा दोस्रो गोल गरे । ५६ औं मिनेटमा उनले हृयाट्रिक पूरा गरेका थिए ।

खेलको ६७ औं मिनेटमा चौथो गोल गरे । उनको एक गोल अफसाइड रहृयो भने एउटा प्रहार बारमा लागेको थियो ।

लगातार ८ खेल जितेको एथ्लेटिको मड्रिड आगामी आइतबार नाउक्याम्प जानेछ र, यो खेलले उपाधि होड तय गर्नेछ ।

ला लिगामा रियल म्याड्रिड इस्पानियोलसँग पराजित

बार्सिलोना (एजेन्सी) – साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा तालिकाको तेह्रौं स्थानमा रहेको इस्पानियोलसँग १-० ले पराजित भएको छ । घरेलु टोलीको जितमा जेरार्ड मोरेनोले इन्जुरी समयमा गोल गरेका थिए ।

रियलले आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको थियो । सिजनमा खराब सुरुवात पश्चात रियल केहि खेलयता राम्रो लयमा देखिएको थियो । सो पराजय रियलको ८ खेलमा पहिलो थियो भने इस्पानियोलसँगको २३ खेलमा पनि पहिलो थियो ।

दुवै टोलीले खेलभरि केहि अवसरहरु पाउँदै खेलमा अग्रता लिन खोजे पनि सफल हुन सकेनन् । तर खेलको इन्जुरी समयमा इस्पानियोलका फरवार्ड मोरेनोले गोल गर्दै रियललाई निराश पारे । यो हार रियलको सिजनको पाँचौं हार हो । गत सिजन रियलले केवल ३ खेल गुमाएको थियो ।

यस हारसँगै रियल तेस्रो स्थानमा यथावत् छ तर यो साता चौथोमा झर्ने सम्भावना रहेको छ । रियलले यही आइतबार गेटाफेसँग आफ्नो घरेलु मैदानमा खेल्ने छ भने मार्च ६ मा पिएसजीसँग च्याम्पियन्स लिगको दोस्रो लेगमा प्रतिस्पर्धा गर्ने छ ।

बार्सिलोना र रियल मड्रिडको गोल वर्षा, सुआरेजको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तरगत शनिबारका खेलमा पावर हाउस बार्सिलोना र रियल मड्रिड दुवैले आ-आफ्ना खेलमा गोल वर्षा गरेका छन् । बार्सिलोनाले गिरोनामाथि ६-१ को जित निकाल्दा, रियल मड्रिडले अलाभेजलाई ४-० ले हराउँन सफल भयो ।

यस सिजनका अपराजित रहँदै शीर्ष स्थानमा रहेको बार्सिलोनाले फेरि अर्काे प्रभावशाली जित निकाल्न सफल भएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि, सुवारेजले ह्याट्रिक गरे। उनले खेलको ५,४४ र ७६ मिनेटमा गोल गरेका हुन, मेसीले ३० औं र ३६ औं मिनेटमा गोल गरे भने फिलिप कान्टिन्होले ६६ मिनेटमा गोल गरे ।

गिरोनाका लागि मिलफिल्डर क्रिस्टियन पोर्चुले खेल सुरु भएको ३ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यही नै उसका लागि सान्तवना गोल बन्न पुग्यो ।

यस सिजनमा पछि परिरहेको पावर हाउस रियल मड्रिडले घरेलु मैदानमा भएको शनिबारको खेलमा अलाभेजमाथि ४-० को सानदार जित निकाल्न सफल भयो । रियल मड्रिडका लागि क्रिस्टियानो रोनाल्डोले २ गोल, ग्यारेथ बेल र करिम बेन्जिमाले एक-एक गोल गरे ।

रोनाल्डोले खेलको ४४ औं र ६१ औं मिनेटमा गोल गरेका थिए । बेलले ४६ औं र बेन्जिमाले ८९ औं मिनेटमा गोल गरेका थिए।शनिबारको खेलसँगै २५ खेलबाट ६५ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा कायमै छ । २४ खेल खेलेको यथ्लेटिको मड्रिड ५५ अंकसहित दोस्रो स्थानमा छ । २५ खेल खेलेको रियल मड्रिड ५१ अंकसहित तेस्रो स्थानमा र २४ खेल खेलेको भ्यालेन्सिया ४६ अंकका साथ चौथो स्थानमा रहेका छन् । बुधबार लेगानेजमाथि जित निकाल्दै भ्यालेन्सियालाई पछि पारी रियल मड्रिड तेस्रो स्थानमा उक्लिएको थियो ।

शनिबारका ला लिगाका अन्य खेलमा सेल्टाभिगोले इआइबरलाई २-० ले हरायो । लेगानेज र लस पाल्मसले गोलरहित बराबरी खेले।

स्वारेजको ह्याट्रिक र मेस्सीको दुई गोलसँगै जिरोनाविरुद्ध बार्सिलोनाद्धारा गोलको वर्षा

काडमाडौँ । स्पेनिस लिग अन्र्तगत गएराती भएको खेलमा लिग लिडर बार्सिलोनाले जिरोनासँग ६–१ गोल अन्तरको जित निकालेको छ । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको एथलेटिको मड्रिडसँगको दूरी १० अंकमा लम्ब्याएको छ ।

स्पेनिस लिग अन्र्तगत गएराती भएको खेलमा जिरोनाले दोस्रो मिनेटमा नै लिएको अग्रताविरुद्ध घरेलु टिमले ६ गोल गरेको थियो । लुइस स्वारेजको ह्याट्रिकसँगै लियोनेल मेस्सीले २ गोल गरेका थिए भने फिलिपे काउटिन्होले पनि एक गोलको योगदान दिए । तेस्रो मिनेटमा पोर्तुले गोल गर्दै जिरोनालाई अग्रता दिलाउँदा घरेलु समर्थक स्तब्ध भए । तर त्यो अग्रता दुई मिनेटभन्दा बढी टिक्न सकेन । पाँचौं मिनेटमा स्वारेजले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

३० औं मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । ३६औं मिनेटमा मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गरे भने ४४औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफ अघि बार्सिलोनाले ४–१ को अग्रता लिएको थियो । ६६औं मिनटमा फिलिपे काउटिन्होले बार्सिलोनाको खातामा पाँचौं गोल थपे भने ७६औं मिनेटमा लुइस स्वारेजले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ६–१ को विजयी भयो । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको एथलेटिको मड्रिडसँगको दूरी १० अंकमा लम्ब्याएको छ । जिरोनाको भने ३४ अंक छ ।

ग्रिज्मनको ह्याट्रिकमा एटलेटिको विजयी

म्याड्रिड — स्पेनिस ला लिगा अन्तर्गत आइतबार फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिज्मनको ह्याट्रिकमा एटलेटिको म्याड्रिडले सेभिल्लालाई ५-२ ले पराजित गरेको छ ।

डिएगो कोस्टाको गोलमा अग्रता लिएको एटलेटिकोले पहिलो हाफमा २ तथा दोस्रोमा तीन गोल गरेको थियो ।

विजयी टोलीका लागि अर्को गोल कोकेले गरे । सेभिल्लाका पाब्लो सराबिया र नोलिटोले पनि १-१ गोल गरेका थिए ।

दिनको अर्को खेलमा सान्टि मिनाको दुई गोलको मदतले भ्यालेन्सियाले रियल सोसीडाडलाई २-१ ले हरायो । सोसीडाडका मिकेल ओयराबाजलले ५४ औं मिनेटमा बराबरी गोल फर्काएपनि घरेलु टोलीका मीनाले दुवै हाफमा १-१ गोल गर्दै जित पक्का गरेका थिए ।

अंक तालिकाको शीर्षस्थानमा बार्सिलोनाको ६५ अंक छ भने एटलेटिकोले ५८ अंक जोडेको छ । तेस्रो स्थानको रियलको ५१ तथा चौथोको भ्यालेन्सियाको ४९ अंक छ ।