यस्तो छ मैदानको ताजा अवस्था, तीस मिनेटपछि पुन: मैदान निरिक्षण हुने

चिसो मैदानका कारण सवाँ एक बजे सुरु हुने भनि तय भएको नेपाल र यूएर्इबीचको खेल अहिलेसम्म सुरु हुन सकेको छैन्। अबको तीस मिनेटपछि पुन: मैदान निरिक्षण गरिने निर्णय भएको नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जनाएका छन्।

क्वीक्वी स्पोर्ट्स क्लबको मैदानमा नेपाल र युएईको अभ्यास खेल हुँदैछ। नेपालले अर्को अभ्यास खेल फागुन १७ गते हङकङविरुद्ध खेल्नेछ।

विश्वकप छनोटको लिगचरणका चार खेलपछि अंकतालिकामा शीर्ष तीनभित्र रहन सके नेपाल सुपर सिक्समा प्रवेश पाउनेछ। सुपरसिक्समा दुबै समूहका टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा शीर्ष दुईमा रहने टोलीले सन् २०१९ को विश्वकपमा स्थान बनाउँनेछन्।

नेपाली टोलीको विश्वकप छनोटको कार्यतालिका यस्तो रहेको छः

विश्वकप छनोटका खेलहरुः

नेपाल भर्सेस जिम्बावेः फागुन २०, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब
नेपाल भर्सेस स्कटल्याण्डः फागुन २४, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब
नेपाल भर्सेस अफगानिस्तानः फागुन २६, दिउँसो १ बजेर १५ मिनेट, बुलावायो एथ्लेटिक्स क्लब
नेपाल भर्सेस हङकङः फागुन २८, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब

साभार

क्यानलाई निलम्बन गरे पनि नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न दिनु सही हो: आईसीसी

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान लाई निलम्बन गरे पनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन दिने निर्णय सही सावित भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका एक उच्च अधिकारीले बताएका छन् ।

आईसीसीका अन्तर्राष्ट्रिय विकास प्रमुख विलियम ग्लेनराइटले संयुक्त अरब इमिरेट्सबाट प्रकाशित हुने ‘द नेसन’ पत्रिकालाई भने, ‘नेपालको क्रिकेट संघ अहिले निलम्बित छ तर आईसीसीको बोर्डले एउटा रणनीतिक निर्णय गर्दै नेपाली खेलाडीहरूलाई भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन दिइरहेको छ । हामीलाई के लाग्छ भने त्यहाँको क्रिकेट बोर्डले भोग्नु परेको व्यस्थापकीय चुनौतीहरूको असर खेलाडीमाथि पर्नु हुदैन ।’

गत वर्ष नेपालमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न आफू नेपाल गएको र नेपालमा क्रिकेटप्रतिको मोह आफूले देखेको उनले बताए । ‘नेपाल हाम्रा लागि प्राथमिकतामा छ र हामी नेपाल क्रिकेट संघलाई फेरि आईसीसीमा फिर्ता ल्याउन लागि परेका छौँ’ उनले भने ।

नेपालले हालै नामिबियामा देखाएको प्रदर्शन आश्चर्यजनक नभएको पनि उनको भनाइ छ । ‘अहँ मलाई नेपालको खेल देखेर आश्चर्य लागेन । नेपालमा राम्रा क्रिकेट खेलाडीहरूको कमी छैन । राष्ट्रिय संघ नहुँदा खेलाडीहरूका लागि स्थिति सहज छैन तर हामीले सक्दो गरिरहेका छौँ । हामीले गर्ने कामले क्रिकेट संघ को ठाउँ लिन सक्दैन’ ग्लेनराइटले भनेका छन् ।

ग्लेनराइटले नेपालले हालै पाएको सफलताको सम्पूर्ण श्रेय नेपाली खेलाडी र कोचहरूलाई जाने पनि बताए ।

जान्नुहोस नेपाल र यूएई बिचको खेल लाइभ कसरि हेर्ने ?

आजहुन गइरहेको पहिलो आभ्यासमा नेपालले फेरी उही प्रतीद्वन्दी संग जितको लागि प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार ठिक १:१५ बाट सुरु हुनेछ। नेपालले यो खेलमा जित निकालेर प्रतियोगितामा सुखद सुरुवात गर्न चाहान्छ यसर्थ नेपाली टिमको मोमेन्टम बिउल्ड अप गर्न नेपालले यो खेल जित्नु पर्ने हुन्छ । कम्जोर ब्याटिंगको आजको कठिन परिक्षा हुने पनि देखिन्छ किनकि नेपालको फितलो ब्याटिंग प्रदर्शननै पछिल्ला खेलहरुमा हारको कारण बनेका छन् ।

नेपालको खेल लाइभ कसरि हेर्ने ?

आज हुन गइरहेकोने पाल र यूएईबिचको खेलको ब्रोडकाष्टिङ जिम्मा कुनै च्यानल ले नलिएको हुदा आजको खेल क्रीकइन्फो बाटमात्र लाइभ हुनेछ एसको मतलब आजको खेलमा नेपाली समर्थकले स्कोरर्कार्ड नै हेर्नुपर्नेछ तर प्रतियोगिताको पहिलो खेल ( जिम्वावे बिरुद्द ) को प्रतक्ष प्रशारण भने जिम्वावे किकेटको फेसबुक पेजमा हुनेछ।

साथै हामीले पनी हाम्रो फेसबुक पेजमा निरन्तर रूपमा अपडेट गराई राख्ने ।

आइसीसी विश्व कप: अभ्यास खेल अन्तर्गत नेपाल आज युएईसँग खेल्ने

आइसीसी विश्व कप: अभ्यास खेल अन्तर्गत नेपाल आज युएईसँग खेल्ने

आइसीसी विश्व कप: अभ्यास खेल अन्तर्गत नेपाल आज युएईसँग खेल्ने

काठमाडौं । आइसीसी विश्व कप छनोट अगाडिको अभ्यास खेलमा नेपालले मंगलबार (आज) युएईसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । नामिबियामा केही दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत विजेता बन्दै संयुक्त अरब इमिरेट्स (युएई) र दोश्रो स्थानमा रहेको नेपाल विश्वकप छनौट खेल्न लागेका हुन् ।

दुई साताको फरकमा नेपालल युएई तेस्रो पटक खेल्न लागेका छन । नामिबियामा भएको डिभिजन २ को खेलमा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गर्दा फाइनलमा ७ रनले हारेको थियो । फाइनलमा नेपालको जितमा कप्तान पारस खड्काले सतक प्रहार गरेका थिए ।

जिम्बाबेमा मार्च ४ देखि हुँने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिम विश्वकप खेल्न पाउनेछन । प्रतियोगिताबाट उत्कृष्ट ३ एसोसिएट रास्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

नेपाल समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ। नेपालले पहिलो खेल फागुन २० गते आइतबार घरेलु टोली जिम्बावे विरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले फागुन २४ स्कटल्याण्डको सामना गर्नेछ।

लिग चरणका अन्तिम दुई खेलमा नेपालले फागुन २६ मा अफगानिस्तान र फागुन २८ मा हङकङको सामना गर्नेछ। दोश्रो अभ्यास खेलमा फागुन १७ गते बिहीबार नेपालले हङकङको सामना गर्नेछ।

केन्याका क्रिकेट कप्तान र प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूू मा खराब प्रदर्शन गर्दै डिभिजन थ्रीमा झरेपछि केन्याका कप्तान र प्रशिक्षकले राजीनामा दिएका छन । हालै नामिवियामा सम्पन्न डिभिजन टू मा एक खेलमा पनि जित हात पार्न नसकेपछि कप्तान राकिप पटेलसँगै प्रशिक्षक थोमस ओडोयो र केन्या क्रिकेट बोर्डकी अध्यक्ष ज्याकी जनमोहम्मदले पद छोडेका हुन् । ६ टिम सहभागी प्रतियोगितामा केन्याले एक खेलमा पनि जित हात पार्न सकेन । तालिकाको पुछारमा रहँदै केन्या डिभिजन थ्रीमा घटुवा भएको थियो ।

गत मंसिरमा डिभिजन वानमा रहेको केन्या दुई महिनाको अन्तरमा डिभिजन थ्रीमा झरेको हो । डिभिजन ट ूमा केन्या युएईसँग २ सय १८ रनको भारी अन्तरले पराजित भएको थियो भने क्यानडासँग ५९ रनले, नेपालसँग ३ विकेटले, नामिवियासँग ८ विकेटले र ओमानसँग २ विकेटले पराजित भएको थियो ।

केन्याले सन् १९९६ को विश्वकप खेल्दा महत्वपूर्ण सदस्य रहिसकेका प्रशिक्षक ओडोयोले एक साता लामो नामिबिया भ्रमणले आफूमाथि नैतिक दवाब सिजर्ना भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले खराब प्रदर्शनको रेकर्ड तोडेका छौं ।

केन्याको प्रदर्शनमा सुधार ल्याउनका लागि एउटा राम्रो सेट आउनु पर्नेछ ।’ ओडोयोले भने । क्रिकेट बोर्डको पहिलो महिला अध्यक्ष जनमोहम्मदले भनिन्, ‘राष्टिय टिमको यो प्रदर्शनको जिम्मा लिएको छु ।’ जनमोहम्मदले केन्या क्रिकेट बोर्डले नयाँ निर्वाचनमा गएर आगामी नेतृत्वको चयन हुने बताइन ।

उच्च मनोबलका साथ २१ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलि जिम्बाबे प्रस्थान

हरिशजङ्ग क्षेत्री
उच्च मनोबलका साथ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलि शनिवार जिम्बाबे प्रस्थान गरेका छ्न। दुई साता अगाडी नामिबियामा सम्पन्न भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपबिजेता बन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलिले जिम्बाबेमा हुने एकदिवसीय विश्वकपको छनोट चरणमा आफ्न दरिलो स्थान बनाएको थियोे ।

विश्वकप छनोटका लागि जिम्बाबे जाने नेपाली क्रिकेट टोलिमा २१ सदस्य रहेका छ्न। जस्मा १५ जना खेलाडी, ६ जना अफिसियल रहेको रहेका छ्न। खेलाडीहरुमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, विकेट किपर दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित राजबंशी रहेका छ्न।
अफिसियलहरुमा नेपाली टोलिका प्रमुख प्रशिक्षक जगत टमाटा त्यसैगरी ब्याटिंग कन्सल्टेन्टको रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल, भिडियो एनालिस्टको रुपमा सुरज शाक्य, टिम ब्यबस्थापक तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो दिनेश भट्ट र फिटनेस ट्रेनर सुबास पत्रो रहेका छन्।

प्रतियोगितामा सहभागी हुने टोलि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट “फ्लाई दुबई” को विमान मार्फत राति १०:४५ बजे जिम्बाबे प्रस्थान गरेका छ्न।
नेपालले प्रतियोगिता अघि २ वटा अभ्यास खेल खेल्नेछ। २७ फेब्रुअरीमा पहिलो अभ्यास खेल संयुक्त अरब एमिरेट्स (युएई) बिरुद्द र दोश्रो अभ्यास खेल मार्च १ तारीखमा हंगकंग संग खेल्ने छ।विश्वकप छनौट प्रतियोगितामा नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे संग खेल्ने छ भने, दोस्रो खेलमा ८ मार्चमा स्कटल्याण्ड संग तेस्रो खेल मार्च १० तारीखमा अफगानिस्तान र १२ तारिखमा हंगकंग संग प्रतिस्पर्धा गर्ने गर्नेछ।
साभार

विश्व कप क्रिकेट छनोटका लागि जिम्बाबे पुगेको नेपाली टोलीले युएई र हङकङसँग अभ्यास खेल खेल्ने

विश्व कप क्रिकेट छनोटका लागि जिम्बाबे पुगेको नेपाली टोलीले युएई र हङकङसँग अभ्यास खेल खेल्ने

नेपाली टोलीले युएई र हङकङसँग अभ्यास खेल खेल्ने

काठमाडौँ । विश्व कप क्रिकेट छनोट खेलमा सहभागी हुन जिम्बाबे पुगेको नेपाली टोलीले अभ्यास खेल खेल्ने भएको छ ।

टोलीले मंगलबार संयुक्त अरब इमिरेट्ससँग अभ्यास खेल खेल्ने छ भने १७ गते हङकङसँग खेल्ने छ ।
अर्को वर्ष हुने विश्वकप क्रिकेटका लागि छनोट खेल खेल्न नेपाली टोली आइतबार जिम्बाबे पुगेको हो । संयुक्त अरब इमिरेट्स र हङकङसँग अभ्यास खेल खेल्ने नेपाली टोलीको तयारी रहेको छ ।

छनोटको पहिलो खेल नेपालले आयोजक राष्ट्र जिम्बाबेसँग फागुन २० गते खेल्ने छ । १० टोली सहभागि प्रतियोगितामा दुई समूहका विजेता अर्को वर्ष हुने विश्वकप क्रिकेटमा सहभागि हुनेछन् । सुपर सिक्समा पर्ने टोलीले एकदिवशीय क्रिकेटको मान्यता पाउनेछ । नेपाल रहेको समूहमा आयोजक जिम्वावेसंगै अफगानस्तान, स्कटल्याण्ड र हङकङ छन् ।

अर्को समूहमा वेष्टइन्डीज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवान्यूगिनी र संयुक्त अरब इमिरेट्स यूएई रहेका छन् । आईसिसी विश्वकप छनोट प्रतियोगितामा सहभागि हुने टोलीका लागि गएराती स्थानीय रेन्बो टावरमा रात्री भोजको आयोजना गरिएको थियो । नेपाली कप्तान पारस खड्का र आइपिएल अन्तर्गत दिल्लीमा आवद्ध सन्दीप लामिछानेलाई आयोजक जिम्बावेले निकै महत्व दिएको थियो ।