नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले हरायो

आईसीसी बिश्वकप क्रिकेट छनौट प्रतियोगिताको प्लेअफ खेलमा नेपाल पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गरेको छ । दीपेन्द्रसिंह ऐरीको दोहोरो योगदानमा नेपालले पपुवा न्युगिनीले दिएको ११५ को लक्ष्य २३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । पपुवा न्युगिनीका चार विकेट चडकाएका ऐरीले व्याटिङमा पनि अर्धशतकीय योगदान दिएका थिए ।

ऐरीले ३ छक्का र एक चौकाको सहयोगमा ५८ बल खेलेर ५० रन पूरा गरेका थिए । नेपालका अन्य व्याटसम्यानहरुमा आरिफ शेखले २६ र कप्तान पारस खड्काले २० रनको योगदान गर्दा , आरिफ शेख ९ , ज्ञानेन्द्र मल्ल १ रनमा बाहिरिदा रोहितकुमार पौडेल नटआउट ३ रन बनाएका थिए ।

यस अघि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा अल्झिएको पपुवा न्यु गिनीले आईसीसी बिश्वकप क्रिकेट छनौट प्रतियोगिता अन्तर्गतको प्लेअफ खेलमा नेपाल सामु ११५ रनको लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले पहिले ब्याटिङ गर्दै निर्धारित पचास ओभरको खेलमा २७ दसमलब २ ओभरमा सबै विकेट गुमाउदै नेपाल सामु ११५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको हो ।

पपुवा न्यु गिनीका ब्याट्सम्यान एकपछि अर्को गर्दै नेपाली बलरहरु समक्ष कमजोर साबित हुँदा पपुवा न्युगिनीका सिजेए अमिनीले सर्वाधिक १९ रन बनाउदा जे किलले १५ रन, टिपि उरा र एस बसुले समान एघार रन बाउदा असद भाला, सिए सोपेर, के डोरिङ्गाले समान दस रन बाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
टस जितेर बलिङ गर्ने निर्णय गरेको पारस खड्काले उत्कृष्ट कदम चाल्दा बलिङतर्फ नेपाल सन्दीप लामिछानेले स्पिन बलिङ मार्फत चमत्कार देखाए ।

त्यस्ते दीपेन्द्र सिह ऐरीले पनि उत्कृष्ट बलिङ गरेका छ्न। लामिछानेले ८ ओभर बलिङ गर्दा २९ रन खर्च गरि ४ विकेट हात पार्दा दीपेन्द्रले पनि ४ दसमलब २ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । दीपेन्द्र र सन्दीपले पपुवा न्यु गिनीका महत्वपूर्ण चार ÷ चार विकेट झट्काउदा करण र सोमपालले पनि एक एक विकेट प्राप्त गरे।

नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको खण्डमा र अर्को प्ले अफमा हङकङलाई नेदरल्याण्डले पराजित गरेमा नेपालले एक दिवसीय मान्यता पाउनेछ । अहिले हङकङ र नेदरल्याण्डबीचको खेल जारी छ । नेपालले जितेमा र हङकङले नेदरल्याण्डलाई पराजित गरेमा नेपाल र हङकङ सातौँ स्थानको लागि प्रतिष्पर्धा गर्नेछ । त्यस्तै, सातौँ स्थानको विजेताले एक दिवसीय मान्यता पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *