नेपालले अफगानिस्तानलाई दियो एक सय ९५ रनको लक्ष्य, कप्तान पारस खड्काले गरे ७५ रनको योगदान

काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले अफगानिस्तानलाई एक सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङमा उत्रिएको नेपालले सबै विकेट गुमाउँदै एक सय ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले शानदार ब्याटिंग गर्दै ७५ रन बनाएका थिए । लिस्ट ए क्रिकेटमा पारसको यो ८ औं अर्धशतक हो ।

ओपनर अनिल शाह ७ रनमा आउट भएपछि पारस र उपकप्तान ज्ञानेन्द्र मल्लबीच ९८ रनको साझेदारी बनेपनि ज्ञानेन्द्रले ६९ बलमा २३ रन मात्र बनाएका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३२ रन तथा आरिफ शेखले २३ रन जोडे ।

अघिल्लो २ खेलमा टोलीमा स्थान नपाएका करण केसी ६ रनमा आउट हुन पुगे । नेपाली ब्याट्सम्यानलाई रोक्ने क्रममा अफगानिस्तानका मोहम्मद नावीले ४ विकेट लिए भने राशिद खानले ३ तथा शपुद जद्रानले समेत २ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *