विश्व कप क्रिकेट छनोटका लागि जिम्बाबे पुगेको नेपाली टोलीले युएई र हङकङसँग अभ्यास खेल खेल्ने

नेपाली टोलीले युएई र हङकङसँग अभ्यास खेल खेल्ने

काठमाडौँ । विश्व कप क्रिकेट छनोट खेलमा सहभागी हुन जिम्बाबे पुगेको नेपाली टोलीले अभ्यास खेल खेल्ने भएको छ ।

टोलीले मंगलबार संयुक्त अरब इमिरेट्ससँग अभ्यास खेल खेल्ने छ भने १७ गते हङकङसँग खेल्ने छ ।
अर्को वर्ष हुने विश्वकप क्रिकेटका लागि छनोट खेल खेल्न नेपाली टोली आइतबार जिम्बाबे पुगेको हो । संयुक्त अरब इमिरेट्स र हङकङसँग अभ्यास खेल खेल्ने नेपाली टोलीको तयारी रहेको छ ।

छनोटको पहिलो खेल नेपालले आयोजक राष्ट्र जिम्बाबेसँग फागुन २० गते खेल्ने छ । १० टोली सहभागि प्रतियोगितामा दुई समूहका विजेता अर्को वर्ष हुने विश्वकप क्रिकेटमा सहभागि हुनेछन् । सुपर सिक्समा पर्ने टोलीले एकदिवशीय क्रिकेटको मान्यता पाउनेछ । नेपाल रहेको समूहमा आयोजक जिम्वावेसंगै अफगानस्तान, स्कटल्याण्ड र हङकङ छन् ।

अर्को समूहमा वेष्टइन्डीज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवान्यूगिनी र संयुक्त अरब इमिरेट्स यूएई रहेका छन् । आईसिसी विश्वकप छनोट प्रतियोगितामा सहभागि हुने टोलीका लागि गएराती स्थानीय रेन्बो टावरमा रात्री भोजको आयोजना गरिएको थियो । नेपाली कप्तान पारस खड्का र आइपिएल अन्तर्गत दिल्लीमा आवद्ध सन्दीप लामिछानेलाई आयोजक जिम्बावेले निकै महत्व दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *