ग्रिज्मनको ह्याट्रिकमा एटलेटिको विजयी

म्याड्रिड — स्पेनिस ला लिगा अन्तर्गत आइतबार फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिज्मनको ह्याट्रिकमा एटलेटिको म्याड्रिडले सेभिल्लालाई ५-२ ले पराजित गरेको छ ।

डिएगो कोस्टाको गोलमा अग्रता लिएको एटलेटिकोले पहिलो हाफमा २ तथा दोस्रोमा तीन गोल गरेको थियो ।

विजयी टोलीका लागि अर्को गोल कोकेले गरे । सेभिल्लाका पाब्लो सराबिया र नोलिटोले पनि १-१ गोल गरेका थिए ।

दिनको अर्को खेलमा सान्टि मिनाको दुई गोलको मदतले भ्यालेन्सियाले रियल सोसीडाडलाई २-१ ले हरायो । सोसीडाडका मिकेल ओयराबाजलले ५४ औं मिनेटमा बराबरी गोल फर्काएपनि घरेलु टोलीका मीनाले दुवै हाफमा १-१ गोल गर्दै जित पक्का गरेका थिए ।

अंक तालिकाको शीर्षस्थानमा बार्सिलोनाको ६५ अंक छ भने एटलेटिकोले ५८ अंक जोडेको छ । तेस्रो स्थानको रियलको ५१ तथा चौथोको भ्यालेन्सियाको ४९ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *