एपीएफलाई प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि

कैलाली। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले हात पारेका छन् । पूर्वाञ्चललाइ ७ विकेटले पराजित गर्दै एपीएफ विजयी भएको हो।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको थियो। टस हारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउदै मात्र ६० रन बनाएको थियो । काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक छुन सकेनन् । एपिएफका लागि कसिलो बलिङ गरेका रेखा रावल , करुणा भन्डारी, सीता राना मगर, रितु कनोजीया र अन्जली चन्दले १–१ विकेट लिएका हुन् । एपीएफले १६ ओभर तीन वलमा तीन विकेट गुमाउदै पुरा गर्यो ।

एपीएफको जीतमा ज्योती पाण्डेले २२, सरिता मगरले अविजीत १५ रनको योगदान दिए । विजेता एपीएफले पाँच र उपविजेता पूर्वाञ्चलले दुई लाख पुरस्कार प्राप्त गरेका छन् । पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट वलरसहित प्लेयर अफ द सिरिज घोषित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *