विश्वकपका रेफ्री फिक्सिङ गर्ने प्रयासमा प्रतिबन्धित

रियाद (एजेन्सी) – विश्वकपमा जोडिएका फिफा रेफ्री फाहद अल मिर्दासी फिक्सिङको प्रस्ताव स्वीकारेको आरोपमा प्रतिबन्धित भएका छन्।

रुस विश्वकपअघि साउदी अरबियामा भएको अल इतिहाद र अल फालासीबीच किंग्स कप फाइनलमा फिक्सिङको प्रस्ताव स्वीकारेको खुलासा भएपछि उनलाई साउदी फुटबल संघ(साफ)ले आजीवन प्रतिबन्ध लगाएको छ। साफले फिफा समक्ष उनालाई विश्व कपबाट पनि हटाउन माग गरेपछि फिफाले अनुसन्धानका लागि थप प्रमाण माग गरेको छ।

अल मिर्दासीले अघिल्लो कन्फिडेरेसन्स कपमा पनि रेफ्रीको भूमिका निर्वाह गरेका थिए। उक्त प्रतियोगितामा पोर्चुगल र मेक्सिकोबीच तेस्रो स्थानको खेलमा उनी मुख्य रेफ्री थिए।

क्रिकेटर सन्दिपलाई फेरि अर्को अवसर, लर्डसमा हुने विश्व ११ को टिममा छनोट

जेठ २ पोखरा । लेग स्पिनर युवा खेलाडी सन्दिप लामीछाने लर्डसमा हुने वेष्ट इन्डिज विरुद्ध खेल्ने आईसीसी विश्व ११ टिममा परेका छन ।

हाल इन्डियन प्रिमियर लिग आइपिएलमा डिल्ली डेयरडेभिल्सबाट खेल्दै गरेका सन्दिप आगामी ३१ मे मा लर्डसमा हुने खेलमा लामीछानेलाई विश्व ११ टिममा समावेश गरको हो । सो खेलमा १७ वर्षे सन्दिपले इयोन मोर्गनको कप्तानीमा हुने टिमबाट खेल्ने छन ।

सन २०१६ लर्डसमा नै भएको एमसीसी विरुद्धको अन्डर नाइन्टिन विश्वकपमा १६ विकेट लिदै तहल्का मच्चाएका सन्दिपले नेपालबाटै खेलेका थिए ।

उनको टिममा मोर्गन र सन्दिप सहित, साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तीक, रासिद खान, मिचेल म्याक्लागन, सोयब मलिक, हार्दिक पाण्डे, थिसारा परेरा र लुकी रोन्ची रहेका छन ।

नामिबिया विरुद्धको खेलबाट नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका सन्दिप हाल भारतको डिल्ली डेयरडेभिल्सले उनलाई आईपीएलका लागि २० लाखमा अनुबन्धन गरेको छ ।

आईपीएलमा विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बैङलोर विरुद्धको खेलमा चार ओभरमा २५ रन खर्चदै एक विकेट लिएका उनको टिमका खेलाडीसंगै विश्वभर प्रंशसा भएको थियो ।

क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा दिने ! शेयर गर्नुहोस

रत्ननगर, चितवन । भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

“भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र हो, रेणु दाहालले पत्रकारसँग भनिन् , क्रिकेटका लागि चितवन आउन आह्वान गर्छु, महानगरले सक्दो सहयोग गर्छ ।”

धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको बताइन ।

उनले आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्नसमेत तयार छ भन्दै आजै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउण्डेसनलाई पत्राचार गरिने उल्लेख गरिन । चित्रवन रंगशाला भएको ठाउँमा क्षेत्र विस्तार गरेर क्रिकेट रंगशाला बनाउन सकिने महानगर प्रमुख दाहालको भनाइ थियो ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन प्याकेज घोषणाका क्रममा उक्त रंगशालाका लागि रु ५० लाख विनियोजन गरेका थिए ।

त्यसमा रु १९ लाखमात्रै खर्च भएको र अरु रकम फर्किएको थियो । अहिले भरतपुर महानगरले उक्त रंगशालाका लागि रु एक करोड बजेट छुट्याएको जनाएको छ ।

यसअघि चितवनको रत्ननगरस्थित टिकौली चौरमा क्षेत्रीय रंगशाला निर्माण गर्न भनेर मन्त्रीबाटै शिलान्यास गरिएको कामसमेत अधुरो छ । चितवन जिल्लामा खेलकूद मैदानको अभाव छ ।

चेल्सी विरुद्ध टोटनह्याम विजयी, आर्सनलको पनि सहज जित

चेल्सी विरुद्ध टोटनह्याम विजयी, आर्सनलको पनि सहज जित

लन्डन (एजेन्सी) – गए राति इंग्लिस प्रिमियर लिगमा साविक विजेता चेल्सी टोटनह्यामविरुद्ध ३-१ ले पराजित भएको छ । टोटनह्यामका लागि डेले अलिले दुई गोल गरे ।

एल्भारो मोराटाको हेडिङ गोलमार्फत चेल्सीले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफमा क्रिस्टियन एरिक्सनको शानदार प्रहारले पाहुना टोलीलाई खेलमा फर्काएको थियो । दोस्रो हाफमा अलिले दुई गोल गर्दै चेल्सीलाई उसकै घरेलु मैदानमा निराश पारेको थियो ।

त्यस्तै हिजो रातिको अन्य खेलमा आर्सनलले स्टोक सिटीलाई ३-० ले हराएको थियो । खेल ७५ मिनेटसम्म गोलरहित रहे पनि आर्सनलले पुनरागमन गरेको हो । आर्सनलका लागि पियर-एम्रिक अबामेयाङले दुई गोल गरे भने अर्का स्ट्राइकर एलेक्जान्डर लाकाजेटले एक गोल गरे ।

टोटनह्याम ६४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ भने पाचौंमा रहेको चेल्सीको ५६ र छैटौं स्थानमा रहेको आर्सनलको ५१ अंक रहेको छ ।

‘मेस्सीले खेल्नु पर्थ्यो’– गोटी

अर्जेन्टिना (एजेन्सी)– सुपर स्टार लियोन मेस्सी अर्जेन्टिनाका पछिल्ला दुवै मैत्रीपूर्ण खेलमा खेलेनन् । ह्यामस्ट्रिङ समस्याबाट गुज्रेका मेस्सी इटाली र स्पेनसँगको पछिल्लो खेलमा दर्शकमा सिमित भए । स्पेनसँगको खेल ६–१ ले गुमाएपछि अर्जेन्टिनाको चर्को आलोचना भएको छ । स्पेनका कप्तान सर्जियो रामोसले मेस्सी विना अर्जेन्टिना खराब टोली रहेको बताएका थिए ।

अर्जेन्टिनाका महान खेलाडी हिगो गाटीले भने चोटका बावजुद पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट खेलेको भन्दै मेस्सीको आलोचना गरेका छन् । अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीको टोली स्पेनसँग लज्जस्पद ढंगले हर्दा मेस्सीले स्ट्यान्डबाट हेरेका थिए । मेस्सी खेलको बीचमै उठेर हिडेका थिए ।

अर्जेन्टिनाका पूर्व गोलकिपर गाटीले राष्ट्रिय टोलीमा उपलब्ध हुनका लागि बढी मेहनत गर्नुपर्नेमा जोड दिए । उनले रोनाल्डो त्यो विषयमा गम्भिर रहेको पनि थपे । एउटा टेलिभिजन अन्तवार्ताका क्रममा गोटीले भने, ‘मेस्सीले खेल्नु पथ्र्यो । जनता उनलाई हेर्न चाहन्छन् । रोनाल्डोले विगतमा त्यस्तो गरेका छन् ।’

गोटीले राष्ट्रिय टोली मेस्सीमा मात्र निर्भर नरहेको बताएका छन् । उनले भने, ‘मलाई लाग्दैन मेस्सीका कारणले मात्र टोली बन्ने होइन । मलाई त्यस्तोमा विश्वास छैन । गोटीले जस्तो दाबी गरे पनि अर्जेन्टिना र उनका समर्थकले भने रसिया विश्वकपमा मेस्सीबाट ठूलो अपेक्षा राखेको छ ।’

रियलको सहज जित, बार्सिलोना रोकियो

पाल्मास (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३-० ले हराएको छ । रियलको जितमा ग्यारेथ बेलले दुई गोल गरे ।

बेलले खेलको २६ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको ३९ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा बेलले आफ्नो व्यक्तिगत दोस्रो र टिमको तेस्रो गोल गर्दै ३ अंक सुनिश्चित गरेका थिए । रियलका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो टोलीमा सामेल थिएनन् ।

अर्को तर्फ अग्रस्थानमा रहेको बार्सिलोनाले सेभियासँग २-२ को रोमाञ्चक बराबरी खेल्दै सिजनको अपराजित यात्रा कायम राख्यो । फ्रान्को भाजक्वेज र लुइस मुरियलको गोलमा पछि परेको बार्सिलोनाले खेलको अन्तिमतिर दुई गोल फर्काएको थियो । बार्सिलोनाका लागि ८८ औं मिनेटमा लुइस स्वारेजले गोल गरे भने ८९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेल बराबर पारेका थिए ।

३० खेलमा ७६ अंकसहित बार्सिलोना तालिकाको शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा बार्सिलोनाको १२ अंक बढि रहेको छ । रियलको भने ३० खेलमा ६३ अंक रहेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनद्वारा क्रिकेट रंगशाला निर्माणका लागि जग्गा खोज्दै

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । फाउण्डेसन क्रिकेट लागि जग्गा खोजी थालेका छन् ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा धुर्मुससहित फाउण्डेसनको टोलीले भक्तपुरको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा अवलोकन गरेको छ ।

क्रिकेटप्रेमीहरुको सहयोग प्रतिबद्धता र नेपाल सरकारको पनि सकारात्मक पहलकदमीका कारण आफुहरुलाई थप उत्साह मिलेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

उपयुक्त स्थान रहेको खण्डमा फाउण्डेसनलाई जानकारी गराउन समेत कट्टेल आग्रह गरेका हुन्।

सदस्यता पाएको ३० वर्षपछि क्रिकेटमा नेपाललाई सफलता

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएको छ ।

एक दिवसीय मान्यतासँगै अब नेपाली क्रिकेटको नयाँ अध्यायसमेत शुरु भएको छ । एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेटमाथि अवसर र चुनौतीका चाङ पनि थपिएको छ ।

पहिलो पटक यो सफलता पाएसँगै नेपाली क्रिकेटको अहिले सबैतिर चर्चा छ । क्यानको विवादबीच पनि नेपाललले यो सफलता पाउनु खुशीको विषय हो । यो मान्यता पाएसँगै नेपालले आगामी चार वर्षसम्म थुप्रै अवसरहरू पाउनेछ ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिबियामा केही दिनअघि सम्पन्न आइसिसी विश्व क्रिकेट लिगमा डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पायो । यो उपलब्धि नेपालको लागि अहिलेसम्मकै ठूलो हो । अब नेपालले चार वर्षसम्म आइसिसीअन्तर्गतका इन्टरकन्टिनेन्टल कप, च्याम्पियनशीपलगायत थुप्रै प्रतियोगिता खेल्न पाउनेछ ।

इन्टरकन्टिनेन्टल कप एशोसिएट राष्ट्रको सबैभन्दा उच्च तहको प्रतियोगिता हो । आइसिसीले यही प्रतियोगिताको प्रदर्शनका आधारमा पनि एशोसिएट राष्ट्रलाई टेस्ट मान्यता दिने–नदिने टुंगो लगाउने गर्दछ । सन् २०१५ देखि २०१७ सम्म भएको इन्टरकन्टिनेन्टल कप प्रतियोगिताका विजेता अफगानिस्तान र उपविजेता आयरल्याण्डले टेस्ट मान्यता केही समयअघि मात्रै पाएका छन् ।

सन् २०१५ देखि २०१७ सम्म चलेको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीपमा नेपालले सहभागिता जनाएको थियो, जसमा खराब प्रदर्शनका कारण नेपाल सातांै स्थानमा परेर रेलिगेशन हँुदै डिभिजन टुमा घटुवा भयो । विश्वकप छनोटबाट २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाएसँगै पुनः आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीपमा अब नेपालले सहभागिता जनाउन पाउनेछ ।

आइसिसीबाट अब थप सुविधा

नेपालको यो सफलतासँगै नेपालले अब उच्च कोटीको प्रशिक्षक र खेलाडीलाई दिइने सुविधा, विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षण तथा एक दिवसीय सिरिज खेललगायतका सुविधा आइसिसीबाट पाउनेछ ।

नेपालले २०२२ सम्मका लागि प्रत्येक वर्ष करिब ८ करोड आइसिसीबाट पाउने क्यानले जनाएको छ । नेपालले खेल्ने खेलअनुसार आइसिसीको वरियतामा आउनुका साथै खेलाडीको प्रदर्शनको लेखाजोखा पनि हुनेछ । यसका साथै नेपालले आफूभन्दा ठूला राष्ट्रसँग एक दिवसीय सिरिज खेल्ने अवसर पनि पाउनेछ ।

सन् २०१३ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको विजेता बन्दै नेपालले विश्वको ध्यान तानेको थियो । आफूभन्दा बलियो प्रतिद्वन्द्वी युगाण्डालाई ५ विकेटले पराजित गर्दै डिभिजन टुमा प्रवेश गर्नुका साथै सन् २०१४ मा हुने आइसिसी विश्वकप छनोटमा पनि स्थान बनाएको थियो । एकपछि अर्को राम्रो प्रदर्शन गर्दै अघि बढेको नेपाल सन् २०१४ मा डिभिजन थ्रीको दोस्रो पटक विजेता बन्यो । सन् २०१४ मै नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेट पनि खेलेको थियो । साथै नेपालले सन् २०१५ देखि २०१७ सम्म चलेको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीप खेल्ने अवसर पाएको थियो ।

क्यान विवादले गुम्न सक्छ सफलता

विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।

क्यान विवाद अन्त्य भई निलम्बन फुकुवा नहुने हो भने नेपालले पाएको यो ऐतिहासिक सफलता गुम्नेछ । विसं २०७२ मंसिरमा क्यानका तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतका पक्षले क्यानको अधिवेशन डाक्यो । तर, क्यानकै तत्कालीन अध्यक्ष टंक आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिएको थियो ।

राखेपले चुनाव रोक्न तत्काल निर्देशन दिए पनि क्यानका चन्द र प्याकुरेलको पक्षले चुनाव रातारात गराएरै छाडे जुन चुनावबाट क्यान अध्यक्षमा चन्द र महासचिवमा प्याकुरेल चुनिए । तर राखेपले कुनै पनि हालतमा निर्वाचित क्यानलाई मान्यता नदिने प्रष्ट पा¥यो । त्यसको केही दिनमै राखेपले रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो ।

क्यान विवादले उग्ररुप लिँदै गर्दा आइसिसीले २०७३ वैशाखमा क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगायो । अहिले क्यानलाई आइसिसीले अन्तिम मौका दिएको छ । अब पनि क्यान विवाद नसल्टिए सदस्यताबाटै क्यान खारेज हुनसक्छ र नेपालले पाएको सफलता पनि गुम्न सक्छ ।
क्यानका निलम्बित अध्यक्ष चन्दले क्यान विवाद निरुपण गर्नुको विकल्प नरहेको बताउनुहुन्छ ।

उहाँका अनुसार छलफल चलिरहेको र एक महिनाभित्रै विवाद समाधान हुन्छ ।

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा भने घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीहरुको हेरचाहलगायतमा ‘प्रफेसनल सेटअप’ गर्नुपर्ने बताउनुहुन्छ ।

एक दिवसीय क्रिकेटको मान्यता दिलाउँदै गत सोमबार साँझ स्वदेश फर्केको राष्ट्रिय टोलीका कप्तान कप्तान पारस खड्काले खेलाडीहरुले आफ्नो जिम्मेवारी पूरा गरेको र अब क्रिकेट पदाधिकारी र सरोकारवालाले जिम्मेवारी पूरा गर्नुपर्ने दिन आएको बताउनुभयो ।

सञ्चारकर्मीमाझ उहाँले भन्नुभयो – “नेपाली क्रिकेट खेलाडीहरुले यस पटक मात्र होइन, धेरै पटक आफ्नो जिम्मेवारी पूरा गरिसक्यो । तर, सरकार र आफूलाई क्रिकेटका स्टेकहोल्डर भन्नेहरुले आफ्नो जिम्मेवारी पूरा नगर्दा पाएको सफलता जोगाउन सकिएको छैन ।”

क्रिकेटको विकास लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउनुपर्ने उहाँको सुझाव छ ।

चौध वर्षमा पनि बनेन मूलपानी

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत काठमाडौँको मूलपानीमा दुई क्रिकेट रङ्गशालाको निर्माण शुरू गरिएको १४ वर्ष भयो । मैदान बनाउन शुरू गरिँदा नेपाल डिभिजन ५ मा थियो । नेपाली खेलाडीले अहिले मुलुकलाई एक दिवसीय दिलाइसके तर मूलपानी मैदान अझै तयार भएको छैन ।

मूलपानीमा निर्माणाधीन दुई वटा रंगशालामध्ये एउटा खेल्न योग्य बन्ने अवस्थामा छ । तल्लोमा प्याराफिटको काम भइरहेको छ । बिनाअवरोध काम भए अबको छ महिनामा मूलपानी खेल्न योग्य मैदान बन्नेछ ।

रु १७ करोडमा मूलपानी मैदान निर्माणको ठेक्का पाएको प्रेरा मुन्ना एन्ड आचार्य जेभीले आगामी छ महिनाभित्र मैदान निर्माणको काम सक्ने जनाएको छ ।

नेपाली क्रिकेको इतिहास धेरै लामो छ । विसं १९७० को दशकमा बेलायत भ्रमण तथा भारतबाट पढेर फर्किने तत्कालीन राणा शासकहरूले क्रिकेट नेपाल भित्र्याएको पाइन्छ । तर, आफ्नै मनोरञ्जनका लागि भित्र्याएको खेल उनीहरुले जनस्तरमा ल्याएनन् । त्यतिखेर राणाका दरबार र टुँडिखेल क्रिकेट खेलिथ्यो ।

देशव्यापीरूपमा क्रिकेट विकास र विस्तार गर्ने उद्देश्यले २००४ सालमा नेपाल क्रिकेट संघको स्थापना पनि भयो ।

राणाकालमै स्थापित संघले २०१८ सालमा राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय संघको रूपमा दर्ता पायो । तर पनि २०४० को दशक अघिसम्म नेपालमा क्रिकेट लोकप्रिय भइसकेको थिएन । विसं २०४४ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एफिलिएट सदस्य भएको नेपाल त्यसको दुई वर्षपछि एसियाली क्रिकेट परिषद् एसिसीको सदस्य बन्यो । विसं २०५२ मा आइसिसीको एशोसिएट सदस्य बनेपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न थालेको हो ।

पहिलोपल्ट २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनायो भने २०५५ सालमा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पायो । त्यो वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मा¥यो । कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यही बेला बनाइएको हो । प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रियस्तरका मैदान बन्नु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि थियो ।

सन् २००२ मा सिंगापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता भयो, उपाधि युएइले जित्यो । लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भुटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधि नै जित्यो ।

त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली टोलीले २००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्न जर्सीको भ्रमण ग¥यो । समूह ए को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

सन् २०१० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न डिभिजन फाइभ नेपालले जित्यो । अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो । त्यही वर्ष भएको डिभिजन फोरमा नेपाल तेस्रो हुँदै रेलिगेशनबाट जोगियो । सन् २०१२ मा डिभिजन फोर जितेर डिभिजन थ्रीमा उक्लिएको नेपाल २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्री मा पनि विजेता बन्दै डिभिजन टु मा उक्लियो ।

यस क्षेत्रका जानकारहरु भन्छन् – आजको आवश्यकता सक्षम नेतृत्वसहितको राजनीतिक हस्तक्षेपमुक्त स्वायत्त क्रिकेट बोर्डको हो जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरोकारवाला निकायसँग समन्वय गर्दै समग्र नेपाली क्रिकेटको विकासमा नेतृत्वदायी भूमिका खेलोस् ।

भारतीय क्रिकेटर ऋद्धिमानले २० बलमा १०२ रन बनाएर तोडे क्रिस गेलको रेकर्ड

काठमाडौं । आईपीएलको संघारमा आइपुग्दा एक भारतीय क्रिकेटरले २० बलमा शतक प्रहार गर्दै हलचल मचाएका छन् । टिम इन्डियाका विकेटकिपर ऋद्धिमान साहाले २० बलमा शतक हानेका हुन् ।

शनिबार कोलकाताको कालीघाटमा जेसी मुखर्जी टुर्नामेन्टमा मोहन बगान र बीएनआर रिक्रिएशन क्लबबीचको खेलमा ऋद्धिमानले २० बल सामना गर्दै १०२ रन जोडे र सहज जित दिलाए । ऋद्धिमान साहले चार चौका र १४ छक्का प्रहार गरेका थिए । उनको स्ट्राइक रेट ५१० थियो ।

यसको साथै साहा टी(२० क्रिकेटमा सबैभन्दा तेज शतक बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड क्रिस गेलको नाममा थियो । क्रिस गेलले आईपीएल २०१३ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक पूरा गरेका थिए ।